सोमबार, पुष ७, २०८२

ऊर्जामन्त्री खड्का र युरोपियन युनियनका राजदूतबीच भेटवार्ता

मेरोन्यूज २०८१ साउन १४ गते २२:०६

काठमाडौँ। ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्कासँग नेपालका लागि युरोपेली सङ्घका राजदूत भेरोनिक लोरेन्जोले शिष्टाचार भेटघाट गरेका छन् । सिंहदरबारस्थित मन्त्रालयमा भएको भेटमा नेपाल र युरोपियन युनियनबीचका सम्बन्धका विविधि पक्षमा कुराकानी भएको थियो ।

भेटमा ऊर्जामन्त्री खड्काले नेपालको ऊर्जा, जलस्रोत र पर्यटन क्षेत्रको विकासका युरोपियन युनियनले गरेको सहयोगप्रति धन्यवाद दिँदै आगामी दिनमा जलविद्युत्, ट्रान्समिसन, सिँचाइ र जलवायु परिवर्तनका क्षेत्रमा सहयोग हुने विश्वास व्यक्तगरेका छन् । मन्त्री खड्काले नेपालको हवाई क्षेत्रलाई इयुको कालोसूचीबाट हटाउनसमेत आग्रह गरे ।

भेटमा राजदूत लोरेन्जोले जलवायु परिवर्तन र वैकल्पिक ऊर्जाका क्षेत्रमा नेपालको विकासका लागि थप सहकार्य गर्न युरोपियन युनियन प्रतिबद्ध रहेको बताइन् ।

प्रतिक्रिया