खीर खाने दिन : स्रष्टा भेटघाटमा प्रधानमन्त्री

काठमाडौं।कृषिप्रधान नेपाली संस्कृतिअनुरुप साउन १५ को खीर खाने दिनका अवसरमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले करिब डेड घण्टा कलाकारसँग व्यतित गरेका छन् । नेकपा एमालेको साहित्य, कला तथा संस्कृति विभागद्वारा पार्टी केन्द्रीय कार्यालय, च्यासलमा आयोजित स्रष्टा भेटघाट कार्यक्रममा प्रधानमन्त्री ओलीले आफ्ना भूमीगतकालीन एक साथीको कृति लोकार्पण पनि गरे ।
प्रधानमन्त्री ओलीले साहित्यिक र प्राज्ञिक व्यक्तित्व तथा कलाकारहरूसँग खीर खाने कार्यक्रमहित हरेक साउन १५ गतेको भेटघाटको विगतको क्रमलाई निरन्तरता दिइएकामा खुसी व्यक्त गरे । कार्यक्रममा प्रधानमन्त्री ओलीले कवि नरेश शाक्यका कृतिहरू ‘एउटा नदीका आत्मकथ्य (कविता) र ‘जीवन अनेक घुम्तीहरूमा’ (संस्मरण) को लोकार्पण गरे ।
कवि शाक्य आफ्ना पुराना मित्र र जागरणका चेतयुक्त व्यक्तित्व भएकाले उनका रचनाबाट नयाँ पुस्ताले त्यस प्रकारको चेतना र जागरणको सन्देश पाउन सक्ने बताए । आफूले भूमिगतकालमा कालीचरण नामबाट फुटकर रूपमा कविता लेखेको तर जहाँ लेख्यो त्यहीँ छोडेर हिँड्नुपर्ने भएका कारण ती कविताहरू हाल सङ्कलनमा नरहेको सुनाए ।
‘पञ्चायतकालमा हामी अनेक खालको सङ्घर्षमय जीवनमा थियौँ । सचेत मानव भएर बाँच्न गाह्रो हुने अर्थात् भेडोँभन्दा माथिको चेतना हुन नपाइने खालको अवस्था थियो’, प्रधानमन्त्री ओलीले भने, ‘कवि नरेश शाक्य झापाली विचार समूहमा हामी निकट थियौँ । शाक्यले विकराल अवस्थाबाट गुज्रँदै सङ्घर्षमय जीवनमा होमिनुभयो । त्रासदीपूर्ण वातावरणको बीचमा हामीले जनतालाई जगाउनुपरेको थियो । आज मुलुकका नयाँ परिस्थितिको विकास भएको छ । अब विगतका दुःख बिर्सनुस्, तपाईंका थुप्रै साथीहरू दायाँबायाँ छन् । एक्लो महसुस गर्नु पर्दैन । हामी साथमा छौँ ।’
एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले भने, ‘शाक्यजी साहसिक रूपमा अघि बढेर साहित्य रचना गर्नुस् । तपाईंको स्वास्थ्यको बारेमा पनि हामी जिम्मा लिन्छौँ । लेखिएका कृतिहरू प्रकाशनको जिम्मेवारी मेरो भयो । मेरा समकालीन साथीहरू भूमरीमा परेको म देख्न सक्दिनँ । त्यसैले आत्मविश्वासका साथ काम गर्नुस् ।’













गोरखाको छेकम्पारमा आगलागी हुँदा एकजना घाइते
पुस २८ भित्रै कांग्रेसकाे विशेष महाधिवेशन गर्न माग
गुल्मीमा विद्यार्थी बोकेको बसले ठक्कर दिँदा दुई जनाको मृत्यु
समानुपातिक अधिकार कुण्ठित गरिएकोमा विरोध
Accidents on rise along under-construction highway
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
कांग्रेस चुनावबाट भाग्दैन बरु हार्न तयार छ : कोइराला
सामाजिक सञ्जालकाे होहल्ला हेर्दा विचारविहीनले देशै कब्जा गरिसके भन्नेजस्तो छ : प्रचण्ड
तेक्वान्दो टोली चीन प्रस्थान
कुखुरा, बाख्रा र स्यालकाे मोर्चाले बाघको सिकार गर्न सक्दैन : ओली
प्रतिक्रिया