चलचित्र विकास बोर्डको अध्यक्षमा आवेदन खुल्यो
मेरोन्यूज
२०८१ साउन १६ गते १३:३९

काठमाडौं । चलचित्र विकास वोर्डले नयाँ अध्यक्षको चयन पक्रिया सुरु गरेको छ । भुवन केसीको कार्यकाल सकिएसँगै बुधबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले विकास बोर्डको अध्यक्षमा दरखास्त आह्वान गरेको हो ।
अध्यक्षमा आवेदन दिन मान्यता प्राप्त शिक्षण संस्थाबाट कुनै विषयमा कम्तिमा पनि स्नातक तह उत्तीर्ण गरी नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर कम्तिमा १० वर्ष काम गरेको न्युनतम योग्यता तोकिएको छ ।
प्रवीणता प्रमाणपत्र तह वा सो सरह उत्तीर्ण गरेकाहरुले भने नेपाली चलचित्र उद्योगको स्थापना, विकास संरक्षण, संवर्द्धन तथा प्रवर्द्धनमा निरन्तर रूपमा कम्तिमा १० वर्ष काम गरेको हुनुपर्ने योग्यता योग्यता तोकिएको छ।

सम्बन्धित










आज २०८२ साल मंसिर ५ गते शुक्रबारको राशिफल
आज कुन विदेशी मुद्राको विनिमयदर कति
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
सरकारलाई ओलीकाे आग्रह : दुर्गा प्रसाईंलाई तुरुन्त रिहा गरियाेस्
प्रतिक्रिया