समयमा नै ग्रावल उत्त्खनन् नहुँदा पुर्व-पशिम राजमार्गको बेलागाछी पुल क्षतिग्रस्त

महोत्तरी । समयमा नै ग्रावल उत्त्खनन हुन् नसक्दा पुर्व-पश्मि राजमार्ग अन्तर्गत बेलागाछी पुल बाढीका कारण क्षतिग्रस्त भएको छ ।
गयराती आएको अविरल बर्षाका कारण क्षतिग्रस्त भएको उक्त पूलवाट आवतजावत गर्न कठिनायी वनेपछि ठुला मालवाहक गाडी र यात्रुवाहक बस सडकमा नै रोकेर राखिएको छ ।
बर्दिवास बजारवाट ७ किलोमिटर पश्मिमा रहेको उक्त पूल बाढीले विच भागवाट क्षति पुर्र्याएको जिल्ला ट्राफिक कार्यालय महोत्तरीले जनाएको छ । जिल्ला ट्राफिक कार्यालयका अनुसार अहिले हलुका गाडी र मोटरसाइकललाई स्काभेटरको माध्यमले ओहोरदोहोर गराइएको छ भने ठुला गाडी र यात्रुवाहक बसलाई बैकल्पित सडक वनाएर राजमार्गमा रहेको जाम केही समयमा नै खोलिने छ ।
बाढीले ल्याएको ग्रावल पूलसम्म नै आईपुग्दा क्षति पुगेको स्थानियहरुले वताए । ‘हामीले पूलसम्म आईपुगेको ग्रावल उत्त्खनन गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण गराएका थियौ तर यसमा कुनै चासो नदेखाएपछी आज यो क्षति भयो ।’ स्थानीय युवा शैलेशमणि दाहालले भने । ‘विपद अवस्थालाई मध्यनजर गरेर ग्रावल उत्त्खननमा जोड नदिए अन्य धेरै ठाँउका पुल जोखिममा छन ।’
अहिले काठमाण्डौ, हेटौडा, बिरगंज लगायतका ठाँउहरुमा जाने सवारीसाधन विच वाटो नै रोकिएर बसेका छन । तर यात्रुहरुको मार्कालाई मध्यनजर गर्दै बैकल्पित सडकको माध्यमवाट आवतजावतमा सहजीकरण काम भईरहेको इलाका प्रहरी कार्य वार्दिवासका प्रमुख रेवतीरमन पोखरेलले जानकारी दिए ।










तीन सय शैयासहित सेवा विस्तार गर्दै नेपाल एपीएफ अस्पताल
पूर्वानुमानमा आधारित पूर्वकार्यलाई संस्थागत बनाउन सरकार प्रतिबद्ध छः गृहमन्त्री अर्याल
पदभार ग्रहण गर्दै मधेशका नवनियुक्त सभामुख यादवले भने- ‘निष्पक्ष भूमिका निभाउने छु’
बिज एजुकेशनका ब्रान्ड एम्बेसडर बने क्रिकेटर हेमन्त धामी
भरतपुरका २०० बढी स्थानमा सिसी क्यामेरा जडानको काम सुरु
एमालेमा उपाध्यक्ष बादललाई दोस्रो वरीयतामा राखियो
रबि लामिछानेले बुझाए चार अदालतमा ५ कराेड २७ लाख धराैटी : पैसाको स्रोतबारे उठ्न थाल्याे प्रश्न
जेलबाट छुटेपछि रविले भने- हिसाब मिलाउन बाँकी नै छ, न्याय पाउन बाँकी नै छ
काठमाडौँ–१ बाट रवीन्द्र मिश्रसहित तीन जना उम्मेदवारकाे नाम सिफारिस
मधेशका मुख्यमन्त्री यादवलाई सिंगो प्रदेशसभाकै विश्वासको मत
प्रतिक्रिया