शनिबार, वैशाख २६, २०८३

म्यान्मामा थप ६ महिनाका लागि सङ्कटकाल अवधिको घोषणा

मेरोन्यूज २०८१ साउन १६ गते १८:५०

याङ्गुन । म्यान्मारको सैन्य सरकारले देशमा जारी रहेको सङ्कटकालीन अवस्थालाई थप छ महिनाका लागि बढाइएको जानकारी गराएको छ । देशको सङ्कटकालीन अवस्थालाई थप छ महिना लम्ब्याउन राष्ट्रिय रक्षा तथा सुरक्षा परिषद्ले बुधबार सहमति जनाएको हो ।

Advertisement
NiccNicc

सन् २०२१ को फेब्रुअरीमा आङ सान सुकीको सरकार अपदस्थ भएपछि घोषणा गरिएको आपतकालीन अवस्था लम्ब्याउन सैन्य सरकार (जुन्ता) प्रमुख मिन आङ ह्लाइङले गरेको आग्रह लाई स्वीकार गरिएको सरकारी प्रसारक एमआरटीभीले जनाएको छ ।

म्यान्मामा दुई बर्ष पहिले भएको सैन्य ‘कू’ पछि जुन्ता सरकारविरूद्ध देशभर भएका प्रदर्शनमा करिब दुई हजार सात सय व्यक्तिको मृत्यु भएको छ भने सयौैँ नागरिकलाई राष्ट्रविरोधी गतिविधि गरेको आरोपमा पक्राउ गरी थुनामा राखिएको छ ।

प्रतिक्रिया