बुधबार, चैत १८, २०८२

गगनकाे चुनाैति : ‘सरकारले तीन वर्षमा केके काम गर्यो बहस गरौँ ‘

मेरोन्यूज २०७७ चैत २६ गते १४:३०

काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले सरकार बनेको तीन वर्षमा केके काम भए भन्ने बहस गर्न आउन चुनौति दिएका छन् । संसदको बिहीबारको बैठकमा बोल्दै कांग्रेस नेता थापाले सरकारले बनाएको तथ्य र तथ्यांकमा टेकेर बहस गर्न तयार रहेको बताएका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

तथ्य र तथ्यांकमा टेकेर बहस गर्न म प्रधानमन्त्रीलाई संसदमा निम्तो दिन चाहन्छु’ उनले भने, आनुहोस् संसदमा बसेर बहस गरौँ ,बाहिर बसेर अलिकति मानिस भेला पारेर बहस गर्ने होइन् ।’
उनले भने ‘प्रधानमन्त्रीले भनेको त्यो समयभन्दा पनि पछि पानी आउन साढे २ बर्ष लाग्यो । किन रु प्रधानमन्त्री र मन्त्रीको कुरा मिलेन, ठेकेदार र मन्त्रीको मोलमोलाई मिलेन । साढे २ वर्ष लाग्यो डेढ अर्ब अनावश्यक खर्च भयो । ५७ दिनमै चमत्कार भएको थिएन पहिलेदेखि नै काम भएको थियो । त्यो ९ महिना त आयोजनाको सिन्को समेत भाँचिएन । अहिले यत्रो फूर्ति ’


२०६७ सालमा सुरु भएको माथिल्लो तामाकोशी २०७३ सालमा सकिनुपर्नेमा ७१ सालसम्म ८० प्रतिशत काम सकिएकोमा ७५ सालभित्र सकिनुपर्नेमा अब बैशाखमा पहिलो युनिट आउन लागेकोले अब मेलम्ची आयोजनामा जस्तै अपर तामाकोसीमा पनि प्रधानमन्त्रीले त्यस्तै तमासा देखाउने उल्लेख गरे ।

उनले भने– ‘प्रधानमन्त्री त कस्तो कस्तो । झ्वाट्ट बिजुली बालिदिनुभयो, पानी झारिदिनुभयो अब हामी कविता सुन्न पाउनेवाला छौँ । यहाँ कोही फास्ट ट्रयाकको कुरा गर्दैन, बुढी गण्डकीको कुरा कोही गर्दैन, पश्चिम सेतीको कुरा कोही गर्दैन, कर्णाली करिडोरको कुरा गर्दैन ।’

निर्माण सकिएर चालु भएको २ बर्ष भईसकेको सिन्धुली र राप्तीको पुल उद्घाटन गरिएको,बीच बाटोमा पुगेको कामको सिलन्यास गरिएको, कसैको डिपिआर नै नभएको भन्दै उनले बालुवाटारमा नै निर्माण सम्पन्न कोठाको सिलन्यास गरेर सिलन्यास र उद्घाटन गर्ने रहर पुरा गर्न सुझाव दिए ।

उनले भने,“कहिले धारा खोलेर, कहिले बाल्टिन थापेर, कहिले उठेर, कहिले बसेर उद्घाटन गरेको छ । तमासा गरेको छ । चमत्कार भयो भनेको छ । ६७ सालमा सुरु भएको अपर तामाकोशी ७३ सालमा सकिनुपर्ने अब आउने सालको बैशाखतिर पहिलो युनिट सुरु हुदैछ । अब हेर्नुहोला सभामुख महोदय, हामी हेर्छो, ठ्याक्कै मेलम्चीको जस्तो अहिले गरिएको जुन तमासा छ, अब यो तामाकोशीमा देखाईनेवाला छ । गजबै भो । चमत्कारै भो । प्रधानमन्त्री त कस्तो कस्तो । फ्याट्ट बिजुली बाल्दिनु भो । पानी झार्दिनुभो । अब कविताहरु हामी सुन्न पाउनेवाला छौ । ”

प्रतिक्रिया