म्याग्देको छाङडाँडाका प्रत्येक घरमा खानेपानी वितरण

तनहुँ । जिल्लाको म्याग्दे गाउँपालिका–४ छाङडाँडाका एक सय पचास घरमा लिफ्टका माध्यमबाट खानेपानी वितरण गरिएको छ । झर्लाङ्दी खानेपानी आयोजनाबाट झिरबास, हटिया, गैरा, चोक्रे, तारन्थोक र ध्यानथोक गरी छवटा बस्तीमा खानेपानी वितरण गरिएको हो ।
‘एक घर, एक धारा’ अभियानअन्तर्गत लिफ्ट प्रणालीबाट खानेपानी सुविधा पुर्याइएको म्याग्दे गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत नारायणप्रसाद अधिकारीले जानकारी दिए । उनका अनुसार खानेपानी आयोजनाबाट झण्डै आठ सय मानिस प्रत्यक्ष लाभान्वित भएका छन् ।
म्याग्दे गाउँपालिकाको समपुरक योजना, विशेष अनुदान सिफारिस बमोजिम गण्डकी प्रदेश सरकारले बजेट विनियोजन गरेपछि खानेपानी आयोजनाको काम अघि बढाइएको थियो । “बस्तीमा खानेपानी सुविधा पुगेपछि स्थानीय खुसी भएका छन्”, उनले भने “गाउँपालिकाले ‘एक घर, एक धारा’ अभियानलाई निरन्तरता दिँदै आएको छ ।”
उक्त खानेपानी आयोजनाका लागि आर्थिक वर्ष २०७९/८० मा गण्डकी प्रदेश सरकारबाट रु २० लाख बजेट विनियोजन भएपछि ट्याङ्की निर्माण गरिएको थियो । गत आवमा रु ६५ लाख बजेट विनियोजन भएको थियो । प्रशासकिय अधिकृत अधिकारीले भने, “निर्माणको अन्तिम चरणमा सांसद शङ्कर भण्डारीले जिआइ पाइपलगायत अन्य सामग्री व्यवस्था गरेपछि सम्पन्न गर्न सहज भएको हो ।”
विसं २०६६/६७ देखि सीमित मात्रामा लिफ्टिङबाट खानेपानी उपलब्ध गराउँदै आएको उक्त खानेपानी आयोजना सम्पन्न गर्न करिब रु ९५ लाख खर्च भएको म्याग्दे–४ का अध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए । उनका अनुसार हालै सम्पन्न नयाँ लिफ्ट खानेपानी आयोजना सञ्चालनमा आएसँगै लामो समयदेखि खानेपानीको समस्याको अन्त्य भएको छ ।
खानेपानी आयोजनाका अध्यक्ष टेकबहादुर श्रेष्ठको घरघरमा पानी पुगेपछि स्थानीयबासीमा खुसी छाएको बताउनुभयो । “यसअघि बिहान उठेपछि स्थानीयलाई पानीकै चिन्ता हुन्थ्यो”, उनले भने, “अहिले घरघरमा पानीको धारा जडान भएपछि त्यो चिन्ता हटेको छ । स्थानीयको दैनिकी सहज बन्दै गएको अपेक्षा लिएका छौँ ।”
















इरानको तेल किन्ने कम्पनीहरूमाथि अमेरिकाले लगाएको प्रतिबन्ध चीनद्वरा खारेज
बालेनलाई ज्ञवालीको प्रश्न: बागमती किनारमा बगिरहेका आँशुले कसरी नेपाल हाँसिरहेको देखिन्छ?
विवादपछी अमेरिकाले जर्मनीबाट पाँच हजार सेना फिर्ता गर्दै
नेपाली दूतावासको आयोजनामा पाकिस्तानमा मनाइयो बुद्ध जयन्ती
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
हर्क साम्पाङले मागे बालेनको राजिनामा
सुनचाँदीको मूल्यमा केही गिरावट
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
त्रिविका उपकुलपति, शिक्षाध्यक्ष र रजिस्ट्रारले राजीनामा दिँदै
प्रतिक्रिया