निर्माण व्यवसायीको समस्या समाधानतर्फ सरकार अग्रसर छः मन्त्री भण्डारी

काठमाडौँ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले निर्माण व्यवसायीको रकम भुक्तान नभएको विषयलाई गम्भीर रुपमा लिई सरकार समस्या समाधानको बाटोमा लागेको बताएका छन् ।
मन्त्री भण्डारीसँग बिहीबार नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंह नेतृत्वको टोलीले भेट गरी रकम भुक्तान नभएकोदेखि अन्य विभिन्न समस्याको विषयमा जानकारी गराएपछि उनले यस्तो बताएका हुन् ।
उनले भने, ‘सरकार निर्माण व्यवसायीको समस्या समाधानको बाटोमा लागेको छ, व्यवसायीहरुको रकम भुक्तान गरिने छ ।’ निर्माण व्यवसायीका समस्याका विषयमा सरकार गम्भीर भएको भन्दै मन्त्री भण्डारीले निर्माण व्यवसायीहरुसँग निरन्तर संवादमा रही त्यस क्षेत्रमा देखिएको समस्या समाधान गरिने प्रतिबद्धता व्यक्त गरे ।
उक्त भेटका क्रममा नेपाल निर्माण व्यवसायी महासङ्घको टोलीले नदीजन्य तथा खानीजन्य सामग्रीको उत्खननमा देखिएको समस्या समाधान गर्नुपर्ने, निर्माण सामग्रीमा कार्टेलिङ गरी हुने मूल्यवृद्धि नियन्त्रण गर्नुपर्ने, वास्तविक जिल्ला दररेट तोकिनुपर्नेलगायतका विषयमा ध्यानाकर्षण गराएको थियो ।
त्यस अवसरमा टोलीले निर्माण व्यवसायलाई पूर्ण उद्योगको मान्यता दिन माग गरेको थियो ।













स्विट्जरल्याण्डको एक रिसोर्ट बारमा आगलागी हुँदा करिब ४० जनाको मृत्यु
चिसो बढेसँगै मुस्ताङका शैक्षिक संस्था दुई महिना बन्द
नेपाल विद्युत् प्राधिकरणले माग्यो विभिन्न पदमा २६० भन्दा बढी कर्मचारी
परराष्ट्रमन्त्री शर्मालाई रुसी विदेशमन्त्रीको शुभकामना
पोखरामा आजदेखि चार दिनसम्म दैनिक पाँच घण्टा बिजुली आपूर्ति बन्द हुने
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
यी हुन् राप्रपाका समानुपातिक उम्मेदवार
कांग्रेसबाट समानुपातिक सूचीमा पूर्व र वर्तमान राष्ट्रपतिका छोरा–छोरी पनि
प्रतिक्रिया