युद्धमा गाजाका झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त

काठमाडौं । गाजा पट्टीमा अक्टोबरमा गाजा युद्ध सुरु भएयता झण्डै दुई तिहाइ भवन क्षतिग्रस्त वा ध्वस्त भएको संयुक्त राष्ट्रसङ्घले बताएको छ ।
“गाजा पट्टीमा एक लाख ५१ हजार दुई सय ६५ संरचना प्रभावित भएको युनोस्याटको पछिल्लो स्याटेलाइट इमेजरीले देखाएको छ”, राष्ट्रसङ्घीय स्याटेलाइट सेन्टरले भनेको छ, “यसमध्ये ३० प्रतिशत ध्वस्त, १२ प्रतिशत गम्भीर क्षति, ३६ प्रतिशत मध्यम क्षति र २० प्रतिशत सम्भवतः क्षतिग्रस्त भएका छन् । यो यस क्षेत्रका कूल संरचनाको करिब ६३ प्रतिशत हो ।”
हमासले अक्टोबर ७ मा दक्षिणी इजरायलमा गरेको आक्रमणले युद्ध सुरु भएको थियो । आक्रमणमा अधिकांश सर्वसाधारणसहित एक हजार एक सय ९७ व्यक्तिको मृत्यु भएको थियो ।
आक्रमणका क्रममा हमासका लडाकूहरूले दुई सय ५१ बन्धकलाई पनि कब्जामा लिएका छन् । यसमध्ये एक सय ११ अझै पनि गाजामा बन्धक छन् र ३९ जना मारिएका छन् ।
हमास विरुद्ध इजरायलको प्रतिशोध अभियानमा गाजामा कम्तीमा ३९ हजार चार सय ८० को मृत्यु भएको छ ।
युनोस्याटले गाजा पट्टीमा द्वन्द्वबाट उत्पन्न कूल भग्नावेशषको मात्रा लगभग चार करोड १९ लाख ५० हजार मेट्रिक टन रहेको बताएको छ ।
सन् २००८ देखि प्यालेस्टिनी क्षेत्रमा भएका विगतका सबै द्वन्द्वको कूल तौलभन्दा १४ गुणा बढी भग्नावशेषको परिणाम यस द्वन्द्वले निम्त्याएको छ ।
एजेन्सीले गाजा पट्टीमा प्रत्येक वर्गमिटरका लागि एक सय १४ किलोग्राम भग्नावशेष उत्पन्न भएको अनुमान गरेको छ ।
यसको उपग्रह इमेजरी आधारित विश्लेषणले मानवीय समुदायलाई द्वन्द्व–सम्बन्धित क्षतिको हदको मूल्याङ्कन गर्न र आपत्कालीन राहत प्रयासहरूलाई आकार दिन मद्दत गर्दछ ।
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया