नयाँ गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा पलाएको छ : नेता बस्नेत

नयाँ गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा पलाएको छ : नेता बस्नेत
भक्तपुर । नेकपा (एमाले) का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् ।
यहाँ आज उनले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताउनुभयो । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, शेयर बजार, बैंक, वित्तीय संस्था तथा अन्य व्यापार व्यवसायी उत्साही रहेको भन्दै उहाँले अब देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास रहेको बताए ।
एमाले भक्तपुर इञ्चार्जसमेत रहनुभएका नेता बस्नेतले धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने बताउँदै नेपाल विद्युत् प्राधिकरणले विद्युत्को लाइन काटिदिएका कारण उद्योगी पलायन हुनुपर्ने अवस्था बनेको आरोप लगाए। उनले उद्योगी पलायन हुने अवस्थालाई रोक्न प्रधानमन्त्रीले प्राधिकरणको निर्णयलाई उल्ट्याउँदै उद्योगीलाई उद्योग सञ्चालन गर्ने वातावरण बनाएको बनाए ।

















साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
काठमाडौं महानगरले चैत १६ गतेदेखि क्यान्सरको निःशुल्क परीक्षण गर्ने
केन्द्रीय कारागारबाट भागेका एकहजार बढी कैदीबन्दी अझै फरार
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
‘धुरन्धर २’ ले रिलिजअघि नै कमायो १०० करोड, तोड्यो बाहुबलीको रेकर्ड
प्रतिक्रिया