सोमबार, फागुन २५, २०८२

नारायण कार्कीको समाजसेवादेखि जनप्रतिनिधिसम्मको यात्रा (भिडिओ )

काठमाडौं। रामेछाप जिल्लाको माकादुममा जन्मिएर काठमाडौं हुँदै दुबईलाई कर्मथलो बनाउँदै राजनीतिमा होमिएका नारायण कार्की माकादुमका चिर परिचित अनुहार हुन्।

Advertisement
nepal life insurencenepal life insurence

हाल उनी रामेछापस्थित खाँडादेवि गाउँपालिका वडा नं छ का वडा अध्यक्ष समेत हुन् । माकादुमदेखि दुबईसम्म “निरन्तर संर्घष” को पर्यावाची बनेका उनले दुबई टेकेदेखि नै विभिन्न सामाजिक संघ संस्थाहरुमा काम गर्दे आएका थिए ।

साधारण परिवारमा जन्मिएका उनी गाउँपालिकामै बोर्डिङ स्कुल संचालन गर्ने पहिलो हुन् ।

जागिरको शिलशिलामा परदेश बसेपनि समाज सेवाप्रति रुची जाग्दै गएपछि यसतर्फ होमिएको कार्की बताउँछन् ।

ग्रामीण भेगमा जन्मिएको मान्छे, माकादुम मा आएर संघर्ष गर्न त एकदमै अप्ठ्यारो भएको थियो । तर पनि धेरै संघर्ष गरेर म म माकादुममै स्थापित भएको छु उनले भने ।

उनको सामाजिक जीवनको बारेमा त जतिसुकै प्रसंशा गरेपनि कमै हुन्छ । पछिल्लो समय राजनीतिक पार्टीमा लामो त्याग तपस्या र संघर्ष गरेका नेताहरूलाई पन्छ्याउने क्रम बढ्दो छ । तर कार्कीलाई पार्टीमा टिकट पाउन सहज थियो। नेपाली कांग्रेस खाँडादेवि गाउँपालिकाको बलियो आधारका रुपमा रहेका कार्की गाउँपालिकाका प्रतिभाशाली नेताहरूको सुचीमा पर्न सफल कुशल निडर सक्षम र युवा पुस्ताले रुचाएका व्यक्ती हुन् ।

जनताको अपेक्षा भनेकै उनीहरुका सवालहरुलाई सम्बोधन गर्ने जनप्रेमी नेता नेतृत्वमा आउनु पर्छ भन्ने हुन्छ । तर यसको सम्बोधन गर्ने नेता बिरलै भेटिन्छन् । त्यसैमध्ये पर्ने कार्की समाजको विकास र समुन्नतिका लागि फरक शैलीमा काम गर्दै आएका छन् । उनको योगदानको प्रसंशा त्यहाँ बस्ने हरकोहीले पनि गर्ने गरेका छन् ।

यसै सन्दर्भमा आधारित मेरो न्यूजका लागि मेनुका कार्कीले तयार पारेको भिडियो :

प्रतिक्रिया