सार्वजनिक स्थानमै ममाथि दुर्व्यवहार भयाे : सांसद गाैतम (भिडियाे)

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद सोविता गौतमले सार्वजनिक स्थानमा आफूमाथि दुर्व्यवहार भएको बताएकी छन् ।
सोमबार प्रतिनिधिसभा बैठकमा बाेल्दै सांसद गौतमले आइतबार निर्वाचन क्षेत्रमा बाढीपहिरोको अवस्था अवलोकन गर्ने क्रममा कागेश्वरी मनोहरा नगरपालिका–६, मनकामना टोलनजिकै आफूमाथि अभद्र व्यवहार गरिएको बताएकी हुन् ।
मूलपानी क्रिकेट रंगशालानजिकै पहिरोको अवलोकन गरेर फर्कंदा युवाको समूहले दुर्व्यवहार गरेको उनले बताइन् । “फर्केर आउँदा म र स्वकीयसचिव थियौँ । १५–२० जना साथीहरू जम्मा हुनुभएको थियो । ती साथीहरू सामान्य अवस्थामा हुनुहुन्न थियो । कोही गाँजाको नशाामा लट्ठ हुनुहुन्थ्यो । कोही रक्सीले मात्तिएको, कोही सामान्य अवस्थामा पनि हुनुहुन्थ्यो । एकाएक घेर्न थाल्नुभयो । तपाईंहरू बुढोमान्छेले बोलाएको ठाउँँमा मात्रै जाने ? भनेर प्रश्न गर्न थाल्नुभयो,” संसदमा उनले सुनाइन् ।
उनले युवाले आफूलाई घेरेर फोहोरी शब्द बोलेको बताइन् । “मलाई दुर्व्यवहार नै गर्ने शैलीले उहाँहरू त्यहाँ जम्मा हुनुभएको थियो,” उनले बैठकमा भनिन् ।
सुरक्षा चुनौती भएपछि आफू चिया पसलमा पुगेको उनले जानकारी गराइन् ।

















लुम्बिनी प्रदेश सरकारद्वारा आयोजना बैंक सञ्चालनमा ल्याउने तयारी
‘आपूर्ति व्यवस्थालाई प्रभावकारी बनाउन सरोकार भएकाको महत्वपूर्ण भूमिका रहन्छ’मुख्यमन्त्री कमलबहादुर शाह
देश र जनताप्रति जिम्मेवार भएर प्रस्तुत हुन सांसदहरुलाई सभापति लामिछानेकाे निर्देशन
PM Karki and National Assembly Chair Dahal hold courtesy meeting
नेकपाले छान्यो समानुपातिक तर्फका ९ सांसद
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रतिक्रिया