सडक मानवरहित उदेश्यले महोत्तरीको बर्दिवासमा आजदेखि शिव पुराण

महोत्तरी । हाम्रो माया घर निर्माणार्थ महोत्तरीको बर्दिवासमा शिव पुराण माहायज्ञको आज देखि कथावाचन प्रारम्भ भएको छ । राधिका दाशीले वाचन गर्ने उक्त माहायज्ञ २९ गतेसम्म जारी रहनेछ ।
सडक मानवरहित उदेश्यले निर्माण गर्न लागिएको भवन निर्माणार्थ आयोजना भएको माहायज्ञवाट झन्डै २ करोड दान संकलन गर्ने आयोजक पक्षले लक्ष्य लिएको छ । माहायज्ञ मुल आयोजक समितिका संयोजक हिरालाल गौतमका अनुसार कथावाचन पारम्भ हुनुभन्दा अगावै दान, सहयोगमा उत्साह देखिएको छ ।
हामीले सहयोगको आफ्नै मापदण्ड वनाएका छौ । मापदण्डको पोरिफेरिमा रहेर कसैले नगद, कसैले कोठा निर्माण, कसैले इट्टा सहयोगको घोषणा भैइसकेको छ ।´ संयोजक गौतमले भने ।सडक मानव विस्थापनको यो अभियानमा सवैको हातेमालो रहेको छ ।´
सोमवार हजारौं नगरवासीले निकालेको कलशयात्राले प्रतिवद्वताको सन्देश प्रवाह गरेको आयोजकलाई थप उत्साहित वनाएको सचिव चेत कुमार थापाले वताए । झन्डै २३ लाख खर्च हुने अनुमान गरिएको माहायज्ञमा १ लाखभन्दा बढी भक्तजन आउने अनुमान गरिएको छ ।
बर्दिवास-२ मा रहेको २ कठ्ठा जगामा निर्माण हुन लागेको भवनको डिपिआर अनुसार लागत ११ करोड लाग्ने वताईएको छ । प्रराम्भिक चरणमा आधारहरु तयार गर्न माहायज्ञ लगाउने निर्णय भएतापनी अब यसपछी भने तिनै तहका सरकारसँग अनुरोध गर्ने संयोजक गौतमले वताए ।
















विश्व रेडियो दिवस आज मनाइँदै
पशुपति क्षेत्रमा तयारी अन्तिम चरणमा,शिवरात्रि पर्वलाई सुरक्षित र व्यवस्थित बनाउन आग्रह
आज ३०औँ जनयुद्ध दिवस : क्रान्ति र शान्तिको सुरुआतस्थल रुकुमपूर्वमा जनयुद्ध दिवस मनाउँदै नेकपा
‘करेन्ट’ लागेर मजदुरको निधन
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
खाना पकाउने ग्यासको अभाव देखिएपछि विभागले अनुगमन गर्दै
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
जापानमा भारी हिमपात, ४६ जनाको मृत्यु
प्रतिक्रिया