विद्यार्थीको शैक्षिक अनुभव बृद्धि गर्न एजेन्ट र परामर्शदाताहरूको लागि बैठक

काठमाडौं । ब्रिटिश काउन्सिलले संयुक्त अधिराज्य (युके)मा विद्यार्थीहरूको शैक्षिक अनुभव बृद्धि गर्न एजेन्ट र परामर्शदाताहरूको लागि बैठक आयोजना गरेको छ ।
युकेको शैक्षिक अवसर तथा सांस्कृतिक सम्बन्धका लागि अन्तर्राष्ट्रिय संस्था ब्रिटिश काउन्सिलले अगस्ट १ र २ मा काठमाडौँमा एजेन्ट र परामर्शदाता बैठक आयोजना गरेको हो ।
कार्यक्रममा नेपालभरका एजेन्ट र विद्यालय परामर्शदाताहरूको सहभागिता रहेको थियो ।
आफ्नो प्रतिष्ठित शैक्षिक संस्थाहरू, विविध शैक्षिक कार्यक्रमहरू, र जीवन्त सांस्कृतिक अनुभवहरूका लागि प्रख्यात युके एक प्रमुख अध्ययन गन्तव्यको रूपमा रहिआएको छ ।
उच्च स्तरीय शिक्षा प्राप्त गर्न र व्यक्तिगत तथा व्यावसायिक विकासका लागि अवसरहरू खोज्ने मौका प्रदान गर्ने भएकोले अधिकांश विद्यार्थीहरूले युकेलाई रोज्छन् ।
यात्रालाई सहज बनाउन एजेन्टहरू र परामर्शदाताहरूको महत्त्व बुझ्दै ब्रिटिश काउन्सिलले उनीहरूलाई युकेमा अध्ययन गर्न र विद्यार्थीहरूलाई प्रभावकारी रूपमा सहयोग गर्नको लागि सम्बन्धित नवीनतम् जानकारी र उपकरणहरू प्रदान गर्न कार्यक्रमको आयोजना गरेको हो ।
सेमिनारको नेतृत्व ब्रिटिश काउन्सिलको स्टडी यूके युनिटका प्रतिनिधि, बेलायतको भिसा तथा अध्यागमन र ब्रिटिश युनिभर्सिटी इन्टरनेशनल लाइजन एसोसिएसनका प्रतिनिधिहरूले गरेका थिए ।
एजेन्ट र काउन्सिलर बैठकले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको गतिशीलता सक्षम पार्ने र विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक प्रयासमा सफलताको निम्ति आवश्यक सहयोग प्राप्त गर्ने सुनिश्चित गर्न ब्रिटिश काउन्सिलको प्रतिबद्धतालाई दर्शाउछ ।
ब्रिटिश काउन्सिलले एजेन्ट क्वालिटी फ्रेमवर्क जस्ता पहलहरू मार्फत विद्यार्थीहरूलाई भरपर्दो मार्गदर्शन र सहायता प्रदान गर्न आवश्यक नैतिक मापदण्ड र ज्ञानले एजेन्ट र परामर्शदाताहरूलाई सुसज्जित पार्ने लक्ष्य राखेको छ ।
ब्रिटिश काउन्सिलले उत्कृष्ट अभ्यासहरूको प्रसारलाई अझ बढावा दिन र विद्यार्थीहरूलाई उनीहरूको शैक्षिक यात्राको दौरान उच्च गुणस्तरीय सहायता प्राप्त गर्ने सुनिश्चित गर्न ब्रिटिश युनिभर्सिटी इन्टरनेशनल लाइजन एसोसिएसन, युनिभर्सिटीज युकेइन्टरनेशनल र युके काउन्सिल फर इन्टरनेशनल स्टुडेन्ट अफेयर्स जस्ता संस्थाहरूसँग निकट रहेर काम गर्दछ ।
कार्यक्रममा बोल्दै नेपालस्थित बेलायती दूतावासका डेपुटी हेड अफ मिसन लुक ब्युमन्टले भने, ‘अन्तर्राष्ट्रिय विद्यार्थीहरूलाई युकेमा स्वागत छ । पछिल्लो HESA२०२२–२३ डेटाले अन्तर्राष्ट्रिय विद्यार्थीहरूको लागि गन्तव्यको रूपमा युकेको लोकप्रियता बढ्दै गएको देखाउँछ ।
सन् २०२२ को तुलनामा सन् २०२३ मा अध्ययनका लागि युके जाने नेपाली विद्यार्थीको संख्या ८२ प्रतिशतले बढेको छ ।
सन् २०१९ सँग यस्तै तथ्याङ्कलाई तुलना गर्ने हो भने २०२३ मा युकेमा नेपाली विद्यार्थीको संख्यामा १३४० प्रतिशतभन्दा बढी वृद्धि भएको थियो ।
“नेपाली शिक्षा एजेन्टहरूले युकेको शिक्षालाई देशका युवाहरूसँग जोड्नका लागि गरेका सबै योगदानका लागि हामी आभारी छौं ।”
उद्घाटनको अवसरमा ब्रिटिश काउन्सिल नेपालका देशीय निर्देशक शाहिदा म्याकडुगलले भनिन्, “ब्रिटिश काउन्सिलले नेपाल र युकेबीच शैक्षिक तथा सांस्कृतिक अवसरहरू सिर्जना गर्दछ । ६५ वर्षभन्दा बढी समयदेखि, हामीले समावेशी, उच्च गुणस्तरको शिक्षण र सिकाइलाई अभिवृद्धि गर्नका लागि सबै तहका सरकारहरूसँग सहकार्य गर्दै नेपालको शैक्षिक प्राथमिकताहरूलाई गर्वका साथ सहयोग गरेका छौं ।”
हाम्रा कला र संस्कृति कार्यक्रमहरूले सांस्कृतिक सहजकर्ताहरूलाई सहयोग प्रदान गर्दछ र जलवायु परिवर्तन, मानसिक स्वास्थ्य, सम्पदा र लैङ्गिक समानता जस्ता महत्त्वपूर्ण विश्वव्यापी मुद्दाहरू सम्बोधन गर्दछ ।
युवा नेपालीहरूलाई युकेको शिक्षामा पहुँच प्रदान गर्ने र दुई राष्ट्रहरूबीचको महत्वपूर्ण सम्बन्धलाई सुदृढ गर्ने लगायतका उद्देश्यहरू हासिल गर्न सहयोग गर्ने हाम्रा समान विचारधाराका साझेदारहरूलाई उनले धन्यवाद दिइन् ।
यसबाहेक, ब्रिटिश काउन्सिलले भर्खरै नयाँ, निःशुल्क एजेन्ट र परामर्शदाता प्रशिक्षण र अन्तरक्रियात्मक हब सुरु गरेको छ, जसले विश्वभरका शिक्षा सल्लाहकारहरूलाई युकेको शिक्षा प्रणाली र अन्तर्राष्ट्रिय अध्ययन गन्तव्यको रूपमा देशको बारेमा सम्पूर्ण जानकारी प्रदान गर्दछ।
यो मञ्चले एजेन्टहरू र परामर्शदाताहरूलाई युकेमा शिक्षा प्राप्त गर्ने बारे उचित निर्णयहरू गर्न विद्यार्थीहरूलाई प्रभावकारी रूपमा मार्गदर्शन प्रदान गर्नका लागि डिजाइन गरिएको हो। यसले युके छनोट गर्दा हुने फाइदाहरू, देशमा अध्ययन र बस्ने तयारी, भिसा र अध्यागमन प्रक्रियाहरू, साथै रोजगारीका अवसरहरू र अध्ययन पछि कामका विकल्पहरू लगायत महत्त्वपूर्ण विषयहरू समेट्छ ।
नेपालका ६ सय बढी शिक्षा एजेन्ट र परामर्शदाताहरूको सक्रिय सहभागितामा सेमिनारले अन्तर्राष्ट्रिय विद्यार्थी गतिशीलता, छात्रवृत्ति र भिसा नियमहरू बारे अपडेटहरू र परख गर्न एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा काम गर्यो, जसले अन्ततः युकेमा शैक्षिक अवसरहरूको खोजीमा रहेका विद्यार्थीहरूलाई लाभान्वित गर्यो ।

















प्रधानमन्त्रीद्वारा सोलुखुम्बुलगायत क्षेत्रमा निर्वाचन तयारीबारे जानकारी
टुँडिखेलमा महाशिवरात्रि तथा सेना दिवसको पूर्वाभ्यास
दैलेखमा चक्कु प्रहार गरेर एक किशोरको हत्या
प्रधानसेनापतिसँग युवा आदानप्रदान कार्यक्रममा सहभागीको भेट
काठमाडौंबाट ओखलढुंगा जाँदै गरेको बस तामाकोशीमा खस्यो
‘करेन्ट’ लागेर मजदुरको निधन
निर्वाचन आउन २३ दिन बाँकीः ४४ जिल्लाको १०० निर्वाचन क्षेत्रको मतपत्र छपाइ सकियो
भ्रष्टाचार नियन्त्रणमा नेपालको प्रगति देखिएन, ३४ अंक यथावत
टी–२० विश्वकपमा पाकिस्तानले गर्यो भारतसँग खेल्ने निर्णय
प्रतिक्रिया