हसिनाले देश छाड्दा बंगलादेशको सेयरबजारमा साढे ३ वर्षयताकै उच्च अंकले उछाल
मेरोन्यूज
२०८१ साउन २२ गते १७:४९

बंगलादेश । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको भोलिपल्ट बंगलादेशको सेयरबजारमा उछाल आएको छ। ढाका स्टक एक्सचेन्ज (डीएसई)को मुख्य सूचक डीएसईएक्स १९७ अंकले बढेको डेलिस्टार अनलाइनले जनाएको छ।
यो साढे ३ वर्षयताकै उच्च विन्दु (५४२६) हो। सेयर कारोबार नै २६२ प्रतिशतले बढेर साढे ७ अर्ब टाका पुगेको छ। अवामी लिग नेतृत्वको सरकार ढलेपछि मंगलबार पहिलो कारोबारमा उक्त उछाल देखिएको हो। ब्लुचिप स्टक डीएस ३० पनि ७५ अंकले बढेर १९३४ विन्दुमा पुगेको छ।
त्यसैगरी डीएसईएस शरियामा आधारित इन्डेक्स ३२ अंकले बढेर ११७६ विन्दुमा पुगेको छ। हसिना सरकारको बहिर्गमनले लगानीकर्तामा उत्साह छाउँदा मंगलबार शेयर बजार बढेको छ ।
सम्बन्धित











अब दुई दिनभित्रै राहदानी उपलब्ध गराइने
यस्तो छ आजको विदशी मुद्राको विनिमयदर
बैंकिङ क्षेत्र सुधार सुझाव कार्यदलकाे प्रतिवेदनले के-के सिफारिस गर्याे ?
दक्षिण कोरियाको पहिलो व्यावसायिक अन्तरिक्ष यान प्रक्षेपण असफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
यू-१९ एसिया कप : चिरप्रतिद्वन्द्धी भारतलाई हराउँदै पाकिस्तानले उचाल्यो उपाधि
जीवन विज्ञानद्वारा संयुक्त राष्ट्रसङ्घमा ध्यानसम्बन्धी कार्यक्रम प्रस्तुत
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
प्रतिक्रिया