आइतबार, चैत ८, २०८२

हसिनाले देश छाड्दा बंगलादेशको सेयरबजारमा साढे ३ वर्षयताकै उच्च अंकले उछाल

मेरोन्यूज २०८१ साउन २२ गते १७:४९

बंगलादेश । प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएर देश छाडेको भोलिपल्ट बंगलादेशको सेयरबजारमा उछाल आएको छ। ढाका स्टक एक्सचेन्ज (डीएसई)को मुख्य सूचक डीएसईएक्स १९७ अंकले बढेको डेलिस्टार अनलाइनले जनाएको छ।

Advertisement
nepal life insurencenepal life insurence

यो साढे ३ वर्षयताकै उच्च विन्दु (५४२६) हो। सेयर कारोबार नै २६२ प्रतिशतले बढेर साढे ७ अर्ब टाका पुगेको छ।  अवामी लिग नेतृत्वको सरकार ढलेपछि मंगलबार पहिलो कारोबारमा उक्त उछाल देखिएको हो। ब्लुचिप स्टक डीएस ३० पनि ७५ अंकले बढेर १९३४ विन्दुमा पुगेको छ।

त्यसैगरी डीएसईएस शरियामा आधारित इन्डेक्स ३२ अंकले बढेर ११७६ विन्दुमा पुगेको छ।  हसिना सरकारको बहिर्गमनले लगानीकर्तामा उत्साह छाउँदा मंगलबार शेयर बजार बढेको छ ।

प्रतिक्रिया