यो समीकरण भागबन्डा नियुक्तिका लागि भएको होइन : प्रधानमन्त्री ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले संघीयताको कार्यान्वयन, सुशासन कायम, जनतामा सेवा प्रवाह र निराशा चिर्नका लागि दुई ठूला दलबीच सरकार सञ्चालनको सहकार्य भएको स्पष्ट पारेका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बहादुरसिंह लामा र मन्त्रीहरूसँग भएको छलफलमा प्रधानमन्त्री ओलीले संघीयतासँगै प्रदेशको औचित्य र जनताको विकासको चाहनालाई पूरा गर्ने अभिभाराप्रति ध्यान दिन आग्रह गरे।
‘देशको विषम् परिस्थितिलाई आत्मसात् गरी नेपाली कांग्रेस र नेकपा (एमाले)बीच समीकरण भएको हो। यो समीकरण भागबन्डा र नियुक्तिका लागि होइन,’ प्रधानमन्त्री ओलीले भने, ‘देशमा राणा शासन र पञ्चायतको अन्त्यदेखि सशस्त्र संघर्षको सही व्यवस्थापन, गणतन्त्र र संघीयताका लागि यी दुई ठूला दल मिलेरै देशको संकट समाधान भएको छ। आर्थिकलगायत देशको विषम परिस्थितिका निम्ति अहिले विशेष संकल्पसहित हाम्रो सहकार्य भएको हो।’
उनले विभिन्न क्षेत्रमा देखिएको विषमतालाई अन्त्य गर्न र जनताको समृद्धि र सुख प्राप्तिको लागि सरकार गठन भएकाले प्रदेश सरकारले यसमा ध्यान दिने अपेक्षा व्यक्त गरे।
जनताको दुःख, विकासको अवस्था, शिक्षा, स्वास्थ्य, कृषि उत्पादन, पूर्वाधार विकास, रोजगारी, सुशासनको प्रत्याभूति कायम गराउन दत्तचित्त भएर लाग्न आग्रह गर्दै प्रधानमन्त्री ओलीले सार्वजनिक खर्चलाई मितव्ययी र चुस्त दुरूस्त व्यवस्थापन गर्ने, राजस्व वृद्धि र सार्वजनिक सम्पत्तिको सही सदुपयोग गर्ने विषयमा पनि ध्यान दिन भनेका छन्।
‘म भ्रष्टाचार गर्दिनँ र अरूलाई पनि गर्न दिन्नँ भन्ने कुरालाई आत्मसात् गरी बागमती प्रदेशमा रहेका विद्यमान विकृति, विसंगति र अन्योलको अवस्था चिर्नका लागि एकजुट भई कार्य गर्न म विशेष आग्रह गर्दछु,’ प्रधानमन्त्री ओलीको भनाइ थियो, ‘मान्छेले मान्छेलाई दण्ड होइन, हप्काएर दप्काएर होइन, कसैको पनि अपमान नहुने गरी, सुखदुःखमा साथ दिने गरी, आफ्नो जिम्मेवारी, कर्तव्य र उत्तरदायित्व निर्वाह गर्नुहुनेछ।’

















राष्ट्रपति पौडेलद्वारा घोडेजात्रा अवलोकन
लेखनाथ–दमौली २२० केभी प्रसारण लाइनको शिलान्यास
सडक आश्रित मानवमुक्त घोषणा गर्दै कामपा
सांसदहरूलाई रविको चेतावनी – ‘राइट टु रिकल’को व्यवस्था कडाइका साथ लागू हुन्छ
पुराना दललाई जनताले ३६ वर्ष कुरे, हामीलाई ३६ दिन पनि कुर्नेवाला छैनन् : सभापति लामिछाने
वार्ताका लागि इरानले प्रस्ताव गरिरहेकाे ट्रम्पकाे दावी झुटाे : इरान
यी हुन् कांग्रेसले समानुपातिकमा सिफारिस गरेका २० जना
चुनौतीका बीच सम्मानजनक मत पायौँः उज्यालो नेपाल पार्टी
आयल निगमद्वारा पेट्रोलियम पदार्थको व्यापक मूल्य वृद्धी
प्रधानमन्त्रीसँग कांग्रेस सभापति थापासहित पदाधिकारीको भेट
प्रतिक्रिया