सुरक्षित ठानिएको घर नै पहिरोले पुरेपछि…

गलकोट। निरन्तरको वर्षापछि पहिरो झर्ने त्रासले आफ्नो घर छाडेर सुरक्षित ठाउँमा बसाई सरेको भएपनि त्यही ठाउँ पहिरोले पुरिँदा बागलुङमा आठजनाको ज्यान गएको छ भने अरु दुइजना बेपत्ता छन। मंगलबार बिहानको पहिरोमा परेर ६ जना बालबालिका सहित आठजनाको मृत्यु भएको प्रहरीले बताएको छ।
बागलुङ प्रहरीका अनुसार बागलुङको बडिगाड गाउँपालिका–१० आरुपाटाका ६ जना र बडिगाड–९ बलघाँसमा २ गरि आठजनाको ज्यान गएको बागलुङ प्रहरीले बताएको छ। मृतक मध्ये ६ जना बालबालिका रहेका छन। अरु दुइजना बेपत्ता भएपनि पहिचान हुन नसकेको प्रहरीको भनाई छ।
बागलुङका प्रहरी प्रवक्ता डिएसपी विजय यादवका अनुसार बडिगाड–१० आरुपाट बस्ने बर्ष ७ की मालती बुढा, ७ वर्षिया मधु बुढा, ६ महिनाकी बालिका, वर्ष १२ का मनोज बुढा, वर्ष १२ का अमन बुढा र बर्ष ५९ की मैतीदेवी बिको ज्यान गएको छ।
त्यस्तै वडिगाड–९ बलघाँसका १५ वर्षिय बिदान परियारको पनि पहिरोमा परेर ज्यान गएको छ। पहिरोले स्थानीय श्याम परियारको घरलाई पुरेको थियो, त्यही पहिरोमा परेर छोरा विदान परियारको ज्यान गएको डिएसपी यादवले बताए। परियारको शव प्रहरीले फेला पारेको छ।
त्यसैगरि वडिगाड–९ दर्लिङ काभ्राखर्कका २४ वर्षका गंगा बस्नेतको पहिरोले पुरिएर ज्यान गएको छ। बाटोमा हिडिरहेका उनलाई माथिबाट पहिरो खसेर पुरेको डिएसपी यादवले जानकारी दिए।
आरुपाटाको पहिरोमा परेर थप चारजना घाइते भएका छन। घाइते हुनेमा स्थानीय ४६ वर्षिया संगीता बुढा, वर्ष ५९ की सुमित्रा बिक, वर्ष ३२ की सीता थापा र वर्ष ४२ को मंगल सिंह बुढा रहेको उनले बताए। पहिरोमा परेर अरु २ जना बेपत्ता भएको आशंका भएको उनले बताए।
डिएसपी यादवका अनुसार इलाका प्रहरी कार्यालय बुर्तिबाङबाट करिब ४० किलोमिटर टाढाको उक्त गाउँमा बिहान ११ बजेतिर पहिरो झरेको थियो। ‘पहिरो आउने त्रासले आफ्नो घर छाडेर छिमेकीको घरमा गएका रहेछन। पहिरोले त्यही छिमेकीको घरलाई बगाएछ,’ उनले भने, ‘सुरक्षित ठानिएको घर नै असुरक्षित भएकोले यो क्षति भएको हो।’ उनका अनुसार भीषण वर्षापछि उक्त गाउँमा लगातारजसो पहिरो खसेको थियो।
बिहान घटना भएपनि बाटोको असहजता र ठाउँठाउँमा पहिरो झरेकोले दिउँसो चारबजे मात्र प्रहरी घटनास्थल पुगेको थियो । ‘प्रहरीलाई पनि घटनास्थल पुग्न सकस परेको हो । ठाउँठाउँमा पहिरो झरेकोले उद्धारमा पुग्न कठिन भएको हो,’ उनले भने।
















लेबनानको दक्षिणी क्षेत्रमा आक्रमण बढ्दै, दर्जनौँ प्रभावित
FNJ marks World Press Freedom Day, argues free press a fundamental human rights
इरानको शान्ति प्रस्तावप्रति ट्रम्पको शङ्का, सम्भावित सैन्य कारबाहीको सङ्केत
ट्राफिक कारबाहीबाट २४ घण्टामा ५ लाख ६५ हजार राजस्व सङ्कलन
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
रोल्पामा जिप दुर्घटना, १५ जना गम्भीर घाइते
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
प्रतिक्रिया