शनिबार, पुष २६, २०८२

एमाले प्रदेश अध्यक्षहरूको घटुवा (अपानि सहित)

मेरोन्यूज २०८१ साउन २२ गते २१:५८

 काठमाडौं । नेकपा एमालेले प्रदेश अध्यक्षहरूको हैसियत घटुवा गरेको छ । अध्यक्ष केपी शर्मा ओलीले मंगलबार जारी गरेको अन्तरपार्टी निर्देशिका–१० मा प्रदेश अध्यक्षहरूको पदीय हैसियत पदेन केन्द्रीय सदस्य मात्र उल्लेख गरिएको छ ।

यसअघि प्रदेश अध्यक्ष अध्यक्षहरूको हैसियत पोलिटब्यूरो सरह हुने व्यवस्था थियो । कार्यकारी भूमिका हुने र पोलिटब्यूरो सदस्यको मान्यता पाइने हुँदा प्रदेश अध्यक्षमा आकर्षण देखिएको थियो ।

आज जारी अपानिबाट भने प्रदेश अध्यक्षहरूको हैसियत केन्द्रीय कमिटी सदस्यभित्र राखिएको छैन । ३५६ सदस्यीय केन्द्रीय कमिटी सदस्यभन्दा पछाडि पदेन सदस्यहरूको सूची तयार पारेर प्रदेश अध्यक्षहरूको नाम समावेश गरिएको छ ।

प्रतिक्रिया