हसिनाकी छोरी भन्छिन्- दु:खद घडीमा आमालाई अंगालो हाल्न पनि सकिन

काठमाडौँ । बंगलादेशका पूर्वप्रधानमन्त्री शेख हसिनाकी छोरीले देशमा चर्को उथलपुथलका बीच पदबाट हटाइएपछि आफ्नी आमालाई भेट्न नपाएको पीडा व्यक्त गरेकी छिन् ।
हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा पोष्ट गर्दै यस दुःखद घडीमा आफ्नी आमालाई अँगालो हाल्न पनि नसकेको उल्लेख गरेकी हुन् । शेख हसिनाकी छोरी साइमा वाजेदले सामाजिक सञ्जालमा एक पोस्ट शेयर गर्दै यसप्रति दुःख व्यक्त गरेकी छन् ।
साइमा वाजेदले लेखेकी छिन्- ‘मैले माया गर्ने मेरो देशमा मानिहरुले ज्यान गुमाउनु पर्दा म दुखी छु । यो कठिन समयमा आमालाई भेट्न र अँगालो हाल्न नसक्दा म अत्यन्तै दुखी छु । म विश्व स्वास्थ्य संगठनको क्षेत्रीय निर्देशकको रूपमा मेरो जिम्मेवारीप्रति प्रतिबद्ध छु ।’
बंगलादेशमा आरक्षणको विरोधमा भएको हिंसात्मक प्रदर्शनका कारण शेख हसिनाले प्रधानमन्त्री पदबाट राजीनामा दिएर देश छोडेकी छन् र उनी अहिले भारतमा छिन् ।
















नेशनल लाइफ इन्स्योरेन्सको मनोरञ्जनात्मक नारायणी क्रुज सफारी कार्यक्रम सम्पन्न
कोही कसैलाई पनि घरबारबिहीन बनाउँदैनौं : रवि लामिछाने
बारामा ७१ हजार ९२ मेट्रिकटन गहुँ उत्पादन
उद्योगी व्यवसायीलाई रविले भने– डराउनु पर्दैन, दुःख दिन चाहँदैनौं
राष्ट्रपतिद्वारा सार्वजनिक खरिद अध्यादेश जारी
पुरानै शैली र प्रवृत्ति तोडेर रुपान्तरणकारी बजेट आउँछः अर्थमन्त्री वाग्ले
रोल्पा दुर्घटना अपटेडः मृतकको सङ्ख्या २० पुग्यो
नारामा केन्द्रित नभई नतिजा केन्द्रित बजेट आवश्यकः पूर्वअर्थमन्त्री खनाल
रिंकुकुमारी हत्या प्रकरण: वडा सदस्यसहित १४ जनालाई कैद सजाय
प्रतिक्रिया