लकी ट्राभल एण्ड टुर्स प्रालिले जित्यो नाै विभिन्न एअरलाइन्सकाे अवार्ड

काठमाडौं । लकी ट्राभल एण्ड टुर्स प्रालिले गत वर्ष विभिन्न नाै एअरलाइन्सकाे विविध विधाका अवार्ड जित्न सफल भएकाे छ ।प्रालिले २१ औँ वार्षिकोत्सवका अवसरमा जारी गरेकाे प्रेस विज्ञप्तिमा गत वर्ष नाै अवार्ड जितेको जानकारी दिएको हो ।
प्रालिले विमान बंगलादेशकाे टप पाँच सेल्स पर्फमेन्स अवार्ड वर्ष २०२२/२३ , थाई एयरवेज आउटस्ट्यान्डिङ सपोर्ट अवार्ड वर्ष २०२२/२३ (सन् २०२४ मा प्राप्त ) , चाइना साउथर्न एयरलाइन्सको उत्कृष्ट बिक्री पर्फमेेन्स पुरस्कार वर्ष २०२३ को (सन्२०२४ मा प्राप्त भएकाे), टर्किस एयरलाइन्स टप एजेन्ट पुरस्कार वर्ष २०२२/२३ ( सन् २०२४ मा प्राप्त ) गरेको छ ।
यसैगरी कतार एयरवेजको बेस्ट स्टुडेन्ट रेभिन्यु पर्फर्मेन्स पुरस्कार वर्ष २०२२/२३ (सन् २०२४ मा प्राप्त) , वर्ष २०२२/२३को लागि मलेशिया एयरलाइन्स टप एजेन्ट पुरस्कार , हाह्न एअरकाे टप बिक्री एजेन्ट पुरस्कार वर्ष २०२२/२३, श्रीलंका एयरलाइन्स टप एजेन्ट रजत पुरस्कार वर्ष २०२२/२३, भिस्तारा एअरलाइन्स टप एजेन्ट पुरस्कार सन् २०२२/२३ प्राप्त गरेकाे छ ।
यस्तै ट्राभलले मेराेफ्लाइट डटकमका लागि सन् २०१८ बाट आक्रामक मार्केटिङ गर्दै सेवा दिइरहेको छ । मेराेफ्लाइट डटकमले यात्रुहरूको विकसित आवश्यकताहरू पूरा गर्न डिजाइन गरिएको यात्रा सेवाहरूको लागि एक व्यापक अनलाइन प्लेटफर्म प्रदान गरेकाे कम्पनीले जनाएको छ ।
काठमाडौंको गैरीधारामा २५ सय स्क्वायर फिट क्षेत्रफलमा अवस्थित नयाँ ओटीए कार्यालयले ग्राहकहरूको सुविधा सुनिश्चित गर्दै पर्याप्त पार्किङ स्पेस प्रदान गरेको कम्पनीले जनाएको छ ।
ट्राभलका अध्यक्ष एम.एस. काप्री २१औं वार्षिकोत्सव महत्त्वपूर्ण कोसेढुङ्गाको रूपमा रहेकाे बताउँछन् । उनी भन्छन् , ‘ यो उत्कृष्टता र ग्राहक सन्तुष्टिप्रति हाम्रो प्रतिबद्धताको प्रमाण हाे । हामी हाम्रा उपलब्धिहरू र हाम्रा ग्राहकहरूले हामीमाथि राखेको विश्वासमा गर्व गर्छाैँ । ‘
आगामी दिनमा नवीनतालाई अँगालेर, नयाँ बजारहरूमा पहुँच विस्तार गर्दै उत्कृष्ट सेवा दिने प्रतिवद्धता अध्यक्ष काप्री व्यक्त गर्दछन् । ट्राभलका प्रबन्ध निर्देशक सनम शाक्य प्राप्त उपलब्धिबाट आफुहरु उत्साहित रहेकाे बताउँछन् ।
उनले भने “लगातार नौ अवार्ड जित्नु हाम्रो टोलीको लागि उल्लेखनीय उपलब्धि हाे । यसले हाम्रो समर्पण र कडा परिश्रम झल्काउँछ।’ ट्राभल उद्योगमा छुट्टै पहिचान कायम राख्दै नयाँ टेक्नोलोजीको प्रयाेग गर्ने लक्ष्य राखिएको उनी बताउँछन् । ” बलियो नेतृत्व टोली र भविष्यको लागि स्पष्ट दृष्टिकोणको साथ, लकी ट्राभल आगामी वर्षहरूमा अझ ठूलो सफलताको प्राप्त गर्ने लक्ष्य राखेका कम्पनीले जनाएको छ ।




























सुकुमवासीलाई मध्यपुरथिमि र चाँगुनारायणका दुई ‘सेल्टर’मा आवास
अटलान्टिक क्रुज जहाजमा ‘हान्टाभाइरस’ सङ्क्रमण, तीन जनाको मृत्यु : डब्लुएचओ
पोखरा महानगरपालिकाद्वारा अतिक्रमित संरचना हटाउन सूचना जारी
सातामा दुई दिन बिदा भएसँगै सौराहामा पर्यटकको आगमन उत्साहजनक
Home Secretary presents insignia to IGP Poudel
सुकुमवासीलाई चैत मसान्तभित्र व्यवस्थित बासस्थान उपलब्ध गराउन सरकारलाई रास्वपाको आग्रह
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण अध्यादेश जारी
सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको फौजी परम्पराअनुसार बिदाइ
सिरहा बम विस्फोट घटनाका अभियुक्त यादव पुर्पक्षका लागि कारागार चलान
दुर्गम क्षेत्रमा भि-स्याटमार्फत सेवा प्रवाह गर्दै टेलिकम
प्रतिक्रिया