पहिरोमा परिवारका छ सदस्य गुमाएका परियारलाई आठ लाख सहयोग

कास्की । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गत असार २७ गते रातिको पहिरोमा परिवारका छ जना सदस्य गुमाएका पवन परियारलाई रु आठ लाख दुई हजार दुई सय सहयोग प्रदान गरिएको छ ।
हाल अमेरिकामा बस्ने पुरुनचौर स्थायी घर भएकाहरूको पहलमा अमेरिकामा सङ्कलित रकम आज राहत तथा आवास निर्माणका लागि सहयोग गरिएको हो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य, महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिना, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जिल्ला प्रशासन तथा अमेरिकामा रहेका नेपालीहरूका प्रतिनिधि सहितको उपस्थितिमा पीडित परियारलाई हस्तान्तरण गरिएको हो ।
पहिरामा परिवारका सबै सदस्य गुमाएका पवनलाई यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले रु सात लाख राहत प्रदान गरेको थियो । पोखरा महानगरले परियारको पठनपाठनको जिम्मेवारी बहन गर्ने जनाएको छ ।
पहिरामा परेर घर पुरिँदा पवनले बुबा कुलबहादुर, आमा मनकुमारी, हजुरआमा लक्षिमा, दिदी प्रभा, भिनाजु अस्मित र बहिनी प्रशनालाई गुमाएका थिए । पहिराले पवनको घर पूर्ण क्षति भएको छ ।











भोलि रंगशालामा त्रिभुवन विश्विविद्यालयकाे दीक्षान्त : नोबेल पुरस्कार विजेता काजिता प्रमुख अतिथि
अध्यक्ष ढकालको प्रश्नः सबै आन्दोलनमा निजी क्षेत्र आक्रमणको तारो किन बन्छ ?
रुस–युक्रेन युद्ध अन्त्यका लागि अमेरिका–युक्रेनको २० बुँदे नयाँ योजना सार्वजनिक
दक्षिण कोरियामा गलत सूचना नियन्त्रण विधेयक पारित
राष्ट्रिय वाणिज्य बैंक सम्मानित
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
राष्ट्रियसभाका लागि दाङ ३ बाट कांग्रेसका कृष्णकुमार गिरी सिफारिस
रबि लामिछानेले प्रधानमन्त्री कार्कीलाई भने- फागुन २१ को चुनाव सार्ने चलखेल निस्तेज पार्नुस्
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
पूर्वराष्ट्रपति भण्डारीकाे राजतन्त्रबारे अभिव्यक्ति सुन्दा उदेक लाग्योः प्रदीप ज्ञवाली
प्रतिक्रिया