पहिरोमा परिवारका छ सदस्य गुमाएका परियारलाई आठ लाख सहयोग

कास्की । पोखरा महानगरपालिका–१९ पुरुनचौर तल्लाकोटमा गत असार २७ गते रातिको पहिरोमा परिवारका छ जना सदस्य गुमाएका पवन परियारलाई रु आठ लाख दुई हजार दुई सय सहयोग प्रदान गरिएको छ ।
हाल अमेरिकामा बस्ने पुरुनचौर स्थायी घर भएकाहरूको पहलमा अमेरिकामा सङ्कलित रकम आज राहत तथा आवास निर्माणका लागि सहयोग गरिएको हो ।
पोखरा महानगरका प्रमुख धनराज आचार्य, महानगरका प्रवक्ता मोतिलाल तिमिल्सिना, पोखरा–१९ का वडाध्यक्ष पुष्पेन्द्र पाण्डे, जिल्ला प्रशासन तथा अमेरिकामा रहेका नेपालीहरूका प्रतिनिधि सहितको उपस्थितिमा पीडित परियारलाई हस्तान्तरण गरिएको हो ।
पहिरामा परिवारका सबै सदस्य गुमाएका पवनलाई यसअघि जिल्ला प्रशासन कार्यालय कास्कीले रु सात लाख राहत प्रदान गरेको थियो । पोखरा महानगरले परियारको पठनपाठनको जिम्मेवारी बहन गर्ने जनाएको छ ।
पहिरामा परेर घर पुरिँदा पवनले बुबा कुलबहादुर, आमा मनकुमारी, हजुरआमा लक्षिमा, दिदी प्रभा, भिनाजु अस्मित र बहिनी प्रशनालाई गुमाएका थिए । पहिराले पवनको घर पूर्ण क्षति भएको छ ।















होर्मुज स्ट्रेट खोल्न इरानलाई ट्रम्पको ४८ घण्टे अल्टिमेटम
मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
बुवा मजदुरी गर्न साउदी, नेपालमा छोरी सांसद
प्रतिक्रिया