शुक्रबार, माघ २, २०८२

गाजाको विद्यालयमा इजरायलको आक्रमण हुँदा एक सयभन्दा धेरैको मृत्यु

मेरोन्यूज २०८१ साउन २६ गते १२:४७

काठमाडौं । गाजाको दराज जिल्लाको एक विद्यालयमा शनिबार बिहान इजरायलले गरेको हमलामा एक सयभन्दा बढीको मृत्यु भएको छ । अलजजिराका अनुसार मृत्यु हुनेमा महिला, बालबालिका र वृद्ध छन् ।

अन्य दर्जनौँ आक्रमण भएको विद्यालयमा धेरैले आश्रय लिइरहेका थिए । बिहानको नमाज पढिरहेका बेला आक्रमण भएको समाचारमा उल्लेख छ ।

स्थानीयका अनुसार विद्यालयमा एकपछि अर्को गरेर तीन रकेट प्रहार गरिएको थियो ।

उता इजरायली सेनाले भने अल–ताबिन विद्यालय हमासको कार्यालयको रूपमा प्रयोग भएको दाबी गरेको छ । उसले सर्वसाधारणमाथि नभएर हमास आतंकवादीलाई लक्षित गरेर विद्यालयमा आक्रमण गरिएको दाबी गरेको छ ।

प्रतिक्रिया