शनिबार, वैशाख २६, २०८३

अफगानिस्तानकी खेलाडी तलाश पेरिस ओलम्पिकबाट अयोग्य घोषित

मेरोन्यूज २०८१ साउन २६ गते १८:०१

शरणार्थी ओलम्पिक टोलीका सदस्य अफगानिस्तानकी ’ब्रेकडान्सर’ मनीजा तलाशलाई “अफगानी महिलालाई स्वतन्त्र गर“ लेखिएको पहिरन प्रदर्शन गरेकाले पेरिस ओलम्पिबाट अयोग्य घोषित गरिएको विश्व डान्सस्पोर्ट महासङ्घले शनिबार जनाएको छ ।

Advertisement
NiccNicc

२१ वर्षीया बी–गर्ल तलाश नेदरल्यान्ड्सको इंडिया सार्डजो विरुद्धको पहिलो प्रतिष्पर्धाको ठीक अघि शुक्रबार नारा सहितको निलो पहिरन पहिरिएर प्रस्तुत भएकी थिइन्।

“शरणार्थी टोलीका सदस्य एथलीट बी–गर्ल तलाशले ओलम्पिक अधिकारपत्रको नियम ५० को उल्लङ्घन गर्दै आफ्नो पोशाकमा राजनीतिक नारा प्रदर्शन गरेकोमा अयोग्य घोषित गरिएको हो”, डान्सस्पोर्ट महासङ्घले विज्ञप्तिमा जनाएको छ ।

नियम ५० ले कुनै पनि ओलम्पिकस्थल वा अन्य क्षेत्रमा कुनै पनि प्रकारको प्रदर्शन वा राजनीतिक, धार्मिक वा जातीय प्रचारमा प्रतिबन्ध लगाएको छ ।

प्रतिक्रिया