भारतका पुर्व बिदेश मन्त्री सिंहको निधन

नयाँदिल्ली। लामो समयदेखि बिरामी रहेका भारतका पूर्व बिदेश मन्त्री के. नटवर सिंहको शनिबार राति निधन भएको छ । उनी ९३ वर्षको थिए ।
उनले गुरुग्रामको मेदान्त अस्पतालमा अन्तिम सास लिए, जहाँ उनी पछिल्लो केही हप्तादेखि भर्ना थिए । पारिवारिक स्रोतका अनुसार उनका छोरा अस्पतालमा छन् र उनको परिवारका अन्य सदस्यहरू अन्तिम संस्कारका लागि आइतबार दिल्ली आउँदैछन्।
नटवर सिंहले २००४–०५ मा युपीए आई सरकारमा भारतको विदेश मामिला मन्त्रीको रूपमा सेवा गरेका थिए । सो अवधिमा प्रधानमन्त्रीको रुपमा मनमोहन सिंह थिए। उनले पाकिस्तानका लागि राजदूतको रूपमा पनि काम गरेका थिए भने सन् १९६६ देखि १९७१ सम्म तत्कालीन प्रधानमन्त्री इन्दिरा गान्धीको कार्यालयमा रहेका थिए ।
नटवर सिंहको जन्म १६ मे १९३१ मा राजस्थानको भरतपुर जिल्लामा भएको थियो । उनको पूरा नाम कुँवर नटवर सिंह थियो र उनी शाही परिवारका थिए। उनले मेयो कलेज, अजमेर र क्याम्ब्रिज विश्वविद्यालयबाट शिक्षा हासिल गरेका थिए । त्यसपछि उनी भारतीय विदेश सेवामा सामेल भए र १९५३ मा आफ्नो सेवा सुरु गरेका थिए ।
















पहाड र हिमालमा मध्यम वर्षा र हिमपात, तराईमा चट्याङ्गसहित वर्षा
आज वैशाख २६ गते शनिबार,कुन राशिको भाग्य कस्तो ?हेरौँ राशिफल
आज शनिबार, कुन विदेशी मुद्राको विनिमयदर कती ?
यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया