बुधबार, चैत ४, २०८२

काठमाडौं आइपुगे भारतीय विदेश सचिव मिश्री

मेरोन्यूज २०८१ साउन २७ गते १०:३२

काठमाडौं । भारतीय विदेश सचिव विक्रम मिश्री काठमाडौं आइपुगेका छन्। दुई दिने भ्रमणका लागि नेपाल आएका  मिश्री बिहान १० बजे त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा आइपुगेका हुन्। 

Advertisement
nepal life insurencenepal life insurence

नेपाल बसाइका क्रममा विदेश सचिव मिश्रीले राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, परराष्ट्र मन्त्री डा. आरजु राणा देउवासहित शीर्ष नेताहरूलाई भेट्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। विदेश सचिव मिश्रीले समकक्षी सेवा लम्साल र परराष्ट्रका उच्च अधिकारीहरूसँग पनि भेट्ने कार्यक्रम छ।

विदेश सचिव मिश्रीको नेपाल भ्रमण नियमित भएको भारतीय विदेश मन्त्रालयले जनाएको छ। उनको भ्रमणले नेपाल-भारतबी द्विपक्षीय सहकार्य र सम्बन्धलाई अघि बढाउन मद्दत गर्ने विश्वास लिइएको छ। विदेश सचिव मिश्री सोमबार स्वदेश फर्किनेछन्। मिश्री गत असार १४ गते भारतको विदेश सचिवमा नियुक्त भएका थिए।

प्रतिक्रिया