बुधबार, चैत ४, २०८२

माओवादी बैठकमा जनार्दन शर्माले राखेको प्रस्तावमा के छ ? (पूर्णपाठ)

मेरोन्यूज २०८१ साउन २७ गते १३:०२

काठमाडौँ । नेकपा माओवादी केन्द्रको नयाँ नेतृत्वबारे उपमहासचिव जनार्दन शर्माले तीन वटा प्रस्ताव अघि सारेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

पार्टीको जारी स्थायी समिति बैठकमा उपमहासचिव शर्माले नेतृत्व हस्तान्तरण, पुस्तान्तरण र महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्ने गरी तीन प्रस्ताव राखेका हुन् ।

शर्माको लिखित प्रस्तावमा प्रस्तावमा भनिएको छ, ‘अध्यक्ष प्रचण्डको हालसम्मको योगदानलाई स्थापित गर्न बाँकी समय उहाँको भूमिकालाई सुनिश्चित गर्न वैचारिक काम र सत्ताको नेतृत्व गर्ने जिम्मेवारीसहित साङ्गठनिक क्षेत्रको भूमिका उहाँले चाहेको व्यक्तिलाई हस्तान्तरण गर्ने ।’

यस्तै उनले हालको केन्द्रीय कमिटी भंग गरी प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्ने प्रस्ताव अघि सारेका छन् ।

–हालको केन्द्रीय कमिटी भंग गरी क. प्रचण्डको संयोजकत्वमा महाधिवेशन आयोजक समिति बनाई महाधिवेशनमार्फत प्रत्यक्ष निर्वाचनबाट नयाँ नेतृत्व चयन गर्नेगरी मिति तोक्ने।

हेर्नुहाेस् पूर्णपाठ :

प्रतिक्रिया