शुक्रबार, वैशाख २५, २०८३

सेन्ट मार्टिन टापु नदिएपछि अमेरिकाले मलाइ सत्ताबाट हटायाे : शेख हसिना

मेरोन्यूज २०८१ साउन २७ गते १५:१४

नयाँदिल्ली‍। बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनाले अमेरिकामाथि ठूलो आरोप लगाएकी छन् । 

Advertisement
NiccNicc

हाल भारतमा बस्दै आएकी शेख हसिनाले सेन्ट मार्टिन टापु हस्तान्तरण नगरेको कारण अमेरिकाले सत्ताबाट हटाएको बताएकी छन् । सेन्ट मार्टिन टापु पाएपछि बङ्गालको खाडीमा अमेरिकाको प्रभाव बढ्ने शेख हसिनाले बताएकाे भारतीय सचारमाध्यमले जनाएका छन् । 

हाल भारतमा शरणार्थी जीवन जिइरहेकी हसिनाले पहिलोपटक मुख खोलेकी हुन् । 

शेख हसिनाले आफ्नो सन्देशमा बंगलादेशी नागरिकहरूलाई कट्टरपन्थीहरूबाट भ्रममा नपर्न चेतावनी दिएकी छन्। आफ्ना नजिकका सहयोगीहरू मार्फत पठाइएको र इटीलाई उपलब्ध गराइएको सन्देशमा शेख हसिनाले भनिन्, ‘मैले शवको जुलुस हेर्न नपरोस् भनेर राजीनामा दिएँ। उनीहरू विद्यार्थीहरूको शवमाथि सत्तामा आउन चाहन्थे तर मैले यो हुन नदिई प्रधानमन्त्री पदबाट राजीनामा दिएँ ।’ 

प्रतिक्रिया