आजबाट तीन दिनसम्म सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्गसको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आज आइतबारदेखि मंगलबारसम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’ संचालनमा ल्याएको छ ।
कम्पनीले ‘किप योर कार इन टप सेप, एण्ड लेट द मनशुन बी एन एड्भेन्चर’ नारा दिएर यो सर्भिस क्याम्प संचालनमा ल्याएको हो । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले समस्या हुने कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुको साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्नुहुनेछ ।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने कम्पनीले जनाएको छ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्वील एलाइनमेन्टमा ५० प्रतिशतसम्म छुट, लेवर चार्जमा २० प्रतिशतसम्म छुट र स्पेयर पार्टस् तथा इन्जिन आयलमा १० प्रतिशतसम्मको छुट उपलब्ध छ ।
सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरका सबै सुजुकी सर्भिस सेन्टरमा उपलब्ध छ । ५४ स्थानमा सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।















मिथिलाञ्चलमा आजदेखि चैती छठ सुरु
राष्ट्रपतिद्वारा पानीको समान पहुँच सुनिश्चित गर्न आह्वान
आज कुन विदेशी मुद्राको विनिमयदर कती ?
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
चैत १३ गते प्रधानमन्त्रीको शपथ लिने बालेनको तयारी
राष्ट्रिय सभा सदस्य नपाएपछि प्रधानमन्त्रीका सल्लाहकारद्वयकाे राजीनामा !
ज्ञानेन्द्र शाही बने राप्रपा संसदीय दलको नेता
प्रतिक्रिया