आजबाट तीन दिनसम्म सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’

काठमाडौं । नेपालको लागि सुजुकी गाडीको आधिकारिक बिक्रेता तथा सीजी होल्डिङ्गसको अटोमोबाइल डिभिजन सीजी मोटोकर्पले आज आइतबारदेखि मंगलबारसम्म ‘मनसुन फ्री सर्भिस क्याम्प’ संचालनमा ल्याएको छ ।
कम्पनीले ‘किप योर कार इन टप सेप, एण्ड लेट द मनशुन बी एन एड्भेन्चर’ नारा दिएर यो सर्भिस क्याम्प संचालनमा ल्याएको हो । लगातार परिरहेको भारी वर्षाका कारण सवारी साधनमा नकारात्मक असर पर्न सक्ने र बेलैमा ध्यान नदिनाले समस्या हुने कम्पनीले जनाएको छ ।
सर्भिस क्याम्प अवधिभर सुजुकीका ग्राहकले आफ्नो गाडीको सर्भिसमा आकर्षक छुट र अन्य अफर पाउनुको साथै ७ जना भाग्यमानी ग्राहकहरुले आकर्षक एसोसरिज प्याकेज पनि जित्न सक्नुहुनेछ ।
सर्भिस क्याम्पमा ग्राहकले निःशुल्क एसी/हिटर चेक, ब्याट्री चेक र ओभरअल चेकअपको सुविधा पाउने कम्पनीले जनाएको छ । त्यसैगरी, एसडीटी डायग्नोसिस र ह्वील एलाइनमेन्टमा ५० प्रतिशतसम्म छुट, लेवर चार्जमा २० प्रतिशतसम्म छुट र स्पेयर पार्टस् तथा इन्जिन आयलमा १० प्रतिशतसम्मको छुट उपलब्ध छ ।
सुजुकीको ‘मनसुन फ्री सर्भिस क्याम्प’ नेपालभरका सबै सुजुकी सर्भिस सेन्टरमा उपलब्ध छ । ५४ स्थानमा सर्भिस आउटलेट रहेको सुजुकीसँग नेपालकै ठूलो सर्भिस सञ्जाल छ ।











सिंहदरबारमा मन्त्रिपरिषद् बैठक जारी
नवनियुक्त परराष्ट्रमन्त्री शर्माले सम्हाले कार्यभार
सरकारका प्रवक्ताले भेटे देउवा, ओली र प्रचण्ड, के-के भयाे कुराकानी ?
रेसुङ्गा वन क्षेत्रभित्र होटल सञ्चालन दिनेगरी भएको सम्झौता सर्वोच्चद्वारा खारेज
प्रभु बैंकका सिइओ अशोक शेरचन हाजिरी जमानीमा रिहा
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
लिबियाका सैन्य प्रमुखको टर्कीमा विमान दुर्घटना परि मृत्यु
अध्यक्ष कमल थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस
प्रतिक्रिया