रहेनन् बेलायती राजकुमार फिलिप

एजेन्सी । बेलायती महारानी एलिजावेथ दोस्रोका श्रीमान् राजकुमार फिलिपको ९९ वर्षको उमेरमा निधन भएको छ । बुकिङह्याम दरबारले यस दुखद् समाचारको घोषणा गरेको हो ।
‘निकै गहिरो पीडासहित महारानीले आफ्ना प्रिय पति राजकुमार फिलिप, डुक अफ इडिनवर्गको निधनको घोषणा गर्नुभएको छ’ विज्ञप्तिमा भनिएको छ, ‘हिज रोयल हाइनेस यसै बिहान विन्डसोर क्यासलमा शान्तिपूर्ण रुपमा लिन हुनुभयो ।’
बेलायती प्रधानमन्त्री बोरिस जोनसोनले फिलिपप्रति भावपूर्ण श्रद्धान्जली व्यक्त गरेका छन् । राजकुमार फिलिपले असंख्य युवाहरुको जीवनमा प्रेरणा भरेको प्रधानमन्त्रीले बताए ।
दोस्रो विश्वयुृद्ध लडेका थोरैमात्र जीवित व्यक्तिमध्ये फिलिप एक रहेको उनले बताए । १० जुन १९२१ मा ग्रिसमा फिलिपको जन्म भएको थियो । उनका बाबु राजकुमार एन्ड्रियु ग्रिसका राजा जर्ज पहिलोका कान्छो छोरा थिए ।
राजकुमार फिलिपले १९४७ मा एलिजावेथसँग विवाह गरेका हुन् । यो जोडीका चार छोराछोरी, ८ नाति–नातिनी र १० जना पनाति–पनातिना छन् ।










भारतमा ७ बस ठोक्किए : चार जनाको मृत्यु, ५०भन्दा बढी घाइते
पाँच महिनामा ८ प्रतिशत विकास खर्च, राजस्व लक्ष्य ७८ प्रतिशतमा खुम्चियो
मकवानपुरमा रुखबाट लडेर एकजनाको मृत्यु
बिबिसीविरुद्ध ट्रम्पले दायर गरे मुद्दा, १० अर्ब डलर क्षतिपूर्ति माग
सतुङ्गलमा मोटरसाइकल दुर्घटना हुँदा युवकको मृत्यु
लुम्बिनीले जित्यो एनपीएल सिजन–२ को उपाधि, सुदूरपश्चिम फेरि स्तब्ध
उपाधि भिडन्तमा सुदूरपश्चिम ८५ रनमै अलआउट, लुम्बिनीका कप्तान रोहितको ह्याट्रिक
एनपीएल २ मा यी तीन खेलाडीले जिते बाइक
एसीसी यु–१९ एसिया कपः नेपाल श्रीलंकासँग पराजित
एनपीएल च्याम्पियन लुम्बिनी लायन्सलाई प्रधानमन्त्रीकाे बधाई
प्रतिक्रिया