पहिरोले २ घरमा क्षति, २ घर जोखिममा
मेरोन्यूज
२०८१ साउन २८ गते १०:४४

बैतडी । वर्षासँगैको पहिरोले बैतडीको डिलाशैनीमा दुई घर भत्किएका छन् । डिलाशैनी गाउँपालिका वडा नं ३ दौंखोलाका अम्मर बोहराका घरमा क्षति पुगेको हो ।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले बोहराको घर भत्किँदा घरभित्रका सबै अन्नपात, अन्य सामग्री नष्ट हुँदा रु १५ लाख बराबरको क्षति पुगको बताए। पहिरोका कारण स्थानीयवासी नरेश बोहरा र बहादुर बोहराको घर पनि जोखिममा रहेका जनाइएको छ ।
डिलाशैनी गाउँपालिकाका अध्यक्ष सन्तोष जोशीले पहिरोपीडितलाई स्थानीय सरकारबाट प्रदान गर्न सकिने राहत तथा पुनःस्थापनाका काम गरिने बताए । यसैबीच वर्षात्का समयमा विपद्का घटना हुनसक्ने भएकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले जिल्लावासीमा अनुरोध गरेको छ ।
सम्बन्धित











सिन्धुलीकाे कमलामाई नगर क्षेत्रमा कर्फ्यू आदेश जारी
जेलेन्स्कीले दिए रुसलाइ कडा चेतावनी
कांग्रेस नेता पौडेलद्वारा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा
रास्वपामा समानुपातिक उम्मेद्वार छनोट प्रक्रिया सुरु
कांग्रेसद्वारा राष्ट्रियसभाको अधिवेशन माग
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
आज २०८२ साल पुस १० गते बिहीबारको राशिफल
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेन रातभर ६ घण्टा वार्ता : एउटै गाडीमा बाहिरीए
बयानपछि तत्कालीन गृहसचिव, आईजी र काठमाडौंका सीडीओको स्थानहद फुकुवा
प्रतिक्रिया