देशमा शान्तिको कामना गर्दै पशुपतिका ९ शक्तिपीठमा आज रातभर पूजा

काठमाडौं । देशमा शान्तिको कामनाले गरिने देशोद्वार पूजा एवं जात्राको छैटौँ दिन आज रातभर पशुपति क्षेत्रस्थित वत्सलेश्वरी मन्दिरमा देवीको पूजा आराधना गरिँदैछ ।
चैत्र कृष्ण त्रयोदशीका दिन कर्माचार्य थरका पूजारीले बलिदान एवं पञ्चमकारसहित रातभर पूजा गर्ने प्राचीन परम्परा रहेको पशुपति क्षेत्र विकास कोषको तर्फबाट पर्व एवं जात्रा हेर्ने वरुण खतिवडाले जानकारी दिए ।
पशुपति क्षेत्रका नौ शक्तिपीठमा आज राति पूजा गरिने छ । यहाँका नौ शक्तिपीठ गुह्येश्वरी, राजराजेश्वरी, वनकाली, भुवनेश्वरी, जयवागेश्वरी, झम्केश्वरी, बालकुमारी, मनमानेश्वरी र निर्वाणेश्वरीमा पूजा आराधना गरिन्छ । यस अवसरमा चार जात ६४ वर्णका ७२ कन्यालाई पूजा गरिन्छ । कन्या पूजाका लागि अबिर पीठको विशेष आसन बनाइन्छ । चैत्रकृष्ण द्वादशीका दिन बिहीबार बज्रेश्वरी (पिङ्गलास्थान) मा विशेष पूजा गरिएको थियो ।
चैत्र कृष्ण अष्टमीदेखि चैत्र शुक्ल द्वितीयाससम्म पशुपति क्षेत्रमा देशोद्वार पूजा एवं जात्राका विविध कर्म हुने गरेको छ । यो पूजा र जात्राको परम्परा लिच्छवीकालदेखि चल्दै आएको छ ।














हप्तामा १० घण्टा भन्दा बढी भिडीयो गेम खेल्दा युवाको आहार र निद्रामा असर : अध्ययन
शान्ति, सुशासन र विकासको जनआकाङ्क्षा पूरा गर्न निर्वाचन सफल पारौंः राष्ट्रपति
कर छुटको सुविधा चैत मसान्तसम्म
निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया