सडक मानवरहित उदेश्यमा बर्दिवासमा देशैभरीका भक्तजन

महोत्तरी । हाम्रो माया घर निर्माणार्थ बर्दिवासमा आयोजना भईरहेको शिव पुराण माहायज्ञमा कथा श्रवण गर्न आउनेहरुको घुईचो लागेको छ ।
सडक मानवरहित उदेश्यले आयोजना भईरहेको माहायज्ञको छैठौ दिनसम्म ६५ हजार भन्दा बढी मानिसहरु आएको आयोजक पक्षले जनाएको छ ।
कथा वाचिका राधिका दाशी स्वयम् संरक्षक रहेको हाम्रो माया घर बर्दिवास कै वडा-२ स्थित ५ कठ्ठा जमीनभित्र ११ करोड लागतमा दुई वटा भवन निर्माण हुँदैछन् ।
वेवारिसे, तिरस्कृत भएका वृद्धहरु, मानसिक सन्तुलन गुमाएर सडकमा अलपत्र रहेका मानवहरु, सडक वालवालिका तथा वेसहाराहरुको उद्दार तथा व्यवस्थापनलाई लिएर वन्न लागेको आश्रयस्थलको लागि दाताहरुले समेत निक्कै चासो देखाएका छन ।
देशैभरिवाट आएका मानिसहरुले गरेको दानवाट अहिलेसम्म ८५ लाख भन्दा बढी संकलन भएको छ भने दान र सहयोग गर्नेहरुको संख्या वढीरहेको मुल आयोजक समितिको सचिवालयले जनाएको छ ।
१ करोड ५० लाख संकलन हुने लक्ष्य राखिएको उक्त माहायज्ञको मध्यान्तरसम्म आईपुग्दा अपेक्षा गरेभन्दा धेरै राम्रो सहभागी र दान सहयोग भईरहेको माहायज्ञ आयोजक समितिका संयोजक हिरालाल गौतमले जानकारी दिए ।
२१ गतेदेखि सुरु भएको माहायज्ञ २९ गते समापन हुँदै छ यो विचमा हाम्रो माया घर निर्माणार्थ ऐक्यवद्वता जनाउन राजनीति दलका प्रतिनिधिहरु र प्रदेश सरकारका मन्त्री, राज्य मन्त्री समेत सहभागी भएका छन ।
यही क्रममा शनिवार वेलुका मधेश प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले कार्यक्रममा सहभागी जनाएर प्रदेश सरकारले पनि हाम्रो माया घर निर्माण सम्पन्न गर्न स्वामित्व लिने वताएका छन ।
त्यस्तै स्थानीय राजनीति दलहरुले पनि सडक मानवरहित उदेश्यले निर्माण हुन् लागेको पवित्र कार्यमा हातेमालो रहने वताउदै नेपाली कांग्रेसले त कार्यकर्ताहरुलाई माहायज्ञ अवधिभर स्वयमसेवककोरुपमा खटिन बिज्ञप्ति जारी गरेर निर्देशन नै दिईसकेको छ ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया