मुख धोएपछि रुमालले पुछ्नुहुन्छ ? जान्नुहोस् यी कुरा

जब हामी मध्ये धेरैजसो बाहिरबाट आउँछौं, हामी आफ्नो अनुहार धुन्छौं र तौलियाले आफ्नो अनुहार सफा गर्छौं । यो सबै घरहरूमा हुन्छ र यसलाई सामान्य रूपमा लिइन्छ । तर यो बानीले हामीलाई ठूलो समस्यामा पार्न सक्छ । वास्तवमा परिवारका सबै सदस्यले एउटै तौलियाले बारम्बार अनुहार पुछ्दा फोहोर हुन्छ, जसका कारण संक्रमण हुन सक्छ ।
समयभन्दा पहिले चाउरीपना
आफ्नो अनुहार धोएपछि तौलियाले आफ्नो अनुहारलाई कसेर रगड्नु हुँदैन । यसो गर्नाले अनुहारको लचिलोपन र चमक समाप्त हुन्छ । जसका कारण समय अगावै अनुहारमा चाउरी पर्न थाल्छ ।
पिम्पलको खतरा
घरमा प्रयोग हुने तौलिया सामान्यतया दिनहुँ धाेइदैन् , जसका कारण यसमा धेरै ब्याक्टेरिया र कीटाणु जम्मा हुन्छन् । जब तपाइँ त्यो तौलिया प्रयोग गर्नुहुन्छ, ती ब्याक्टेरियाले तपाइँको अनुहारमा आक्रमण गर्दछ । जसका कारण पिम्पल हुने गर्छ । त्यसैले तौलियालाई दैनिक केही समय घाममा सुकाउनु राम्रो हुन्छ ।
हातले सुकाउनुस् अनुहार
आफ्नो अनुहार धोएपछि, आफ्नो अनुहार सफा गर्न रुमाल वा नरम तौलिया प्रयोग गर्नुहोस् । यो तौलिया सफा हुनुपर्छ । तौलियाको प्रयोगबाट बच्न चाहनुहुन्छ भने हातले अनुहारमा जमेको पानी सफा गर्नुहोस् । यसो गर्नाले अनुहारको चमक कायम रहन्छ।
प्राकृतिक नरमपनामा हानि
हामी सबैको अनुहारमा प्राकृतिक नरमपना हुन्छ । यो आर्द्रता शरीरमा उत्पादन हुने हर्मोनका कारण उत्पन्न हुन्छ । यदि हामीले रगडेर अनुहार सफा गर्छौं भने त्यो प्राकृतिक नरमपना हराउँछ । त्यसैले अनुहार धोइसकेपछि यसलाई कहिल्यै धेरै रगड्नु हुँदैन।
-एजेन्सीको सहयोगमा
















सुरक्षा लापरबाही गर्ने खक्रौलास्थित सशस्त्रका गुल्मपतिसहित सबै कर्मचारी अनुसन्धानमा
इरानको आणविक केन्द्र नतान्जमा अमेरिकी आक्रमण : रेडियोधर्मी चुहावट नभएको दाबी
नेपाल एयरलाइन्सको भ्रष्टाचार छानबिन गर्न समिति गठन
निवर्तमान सभापति देउवा सिङ्गापुरबाट हङकङ प्रस्थान
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
सिटिजन्स बैंककाे ‘जेनजी सेभिङ अकाउन्ट’ मा युवाकाे आकर्षण, ‘रिफर एण्ड अर्न’ अफरसँगै यस्ता छन् सुविधा (भिडियाे)
सुनचाँदीकोे मूल्य आज पनि घट्यो, कतिमा हुँदैछ काराेबार ?
प्रतिक्रिया