बिहीबार, वैशाख १७, २०८३

अध्यक्ष प्रचण्डसँग अष्ट्रेलियन राजदूत भोल्कको बिदाई भेट

मेरोन्यूज २०८१ साउन ३० गते १०:३७

काठमाडौं । नेपालका लागि अष्ट्रेलियन राजदूत फेलिसिटी भोल्क(Felicity Volk)ले नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)का अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग बिदाई भेट गरेकि छिन् ।

Advertisement
NiccNicc

अध्यक्ष प्रचण्डसँग नेपालका लागि अष्ट्रेलियन राजदूत भोल्कले अध्यक्ष निवास खुमटारमा भेट गरेकि हुन्। भेटको अवस‌रमा राजदूत भोल्कले नेपालको शान्ति प्रक्रियालाई सहमतिमा टुंगोमा पुर्याउन सफलता मिलेकोमा बधाई दिंदै नेपालको अन्तराष्ट्रिय सम्मान विकासमा प्रधानमन्त्रीत्वकाल धेरै नै सफल र उत्कृष्ट भएको बताइन् ।

सो क्रममा अध्यक्ष प्रचण्डले नेपाल–अष्ट्रेलिया सम्बन्धलाई थप मजबुद बनाउन राजदूत फेलिसिटीले खेलेको भुमिकाको प्रशंसा गर्दै आगामी बाटोमा सफलता मिलोस् भन्ने शुभकामना व्यक्त गरिन् ।

प्रतिक्रिया