नेपाल पत्रकार महासंघको मतदानको मत परिणाम आउने क्रम जारी

काठमाडौं । नेपाल पत्रकार महासंघको आगामी नेतृत्व चयनका भएको मतदानको मत परिणाम आउने क्रम जारी छ । निर्वाचन समितिका सदस्य रामहरि सिलवालका अनुसार अहिले सम्म मुलुकका विभिन्न ६० जिल्लाको मत परिणाम आईसकेको छ । रुकुम पुर्व बाहेक ७६ जिल्लामा निर्वाचन भएको थियो । अझै १६ जिल्लाका मत परिणाम आउन बाँकी रहेको उहाँले जानकारी दिए ।
नेपाल पत्रकार महासंघको केन्द्रीय कार्यालय सञ्चारग्राममा अहिले काठमाण्डौ जिल्लाको मत गणना भईरहेको छ । पछिल्लो मत परिणाम अनुसार , विपुल पोख्रेल नेतृत्वको प्यानल नै अगाडि आईरहेको छ ।
पोख्रेल नेतृत्वको प्यानल अर्का प्रतिष्पर्धी निर्मला शर्मा नेतृत्वको प्यानल भन्दा २ हजार बढी मतान्तरले अगाडि रहेको निर्वाचन समिति सदस्य सिलवालले जानकारी दिए । पछिल्लो मत परिणाम अनुसार,पोख्रेल नेतृत्वको समूहले ५ हजार ३ सय मत र शर्मा नेतृत्वको समूहले ३ हजार मत ल्याएको सिलवालले जानकारी दिए ।
सिलवालले विद्युत् आपुर्तिमा समस्या आएकाले जाजरकोट, हुम्ला लगायत केही जिल्लाको मतपरिणाम केन्द्रसम्म आईपुग्न कठिनाई भएको बताउनुभयो । मुलुक संघीय संरचनामा गएपछि महासंघको नेतृत्व पहिलो पटक प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन हुन लागेको हो ।

















कांग्रेसको प्रतिज्ञापत्र : यस्ता छन् गैरआवासीय नेपालीका मुद्दा
एमालेका नेता पूर्वमन्त्री मानन्धर कांग्रेसमा प्रवेश
केन्द्रीय सुरक्षा समितिको बैठक निर्वाचनमा केन्द्रीत
अमेरिकाद्वारा अन्तर्राष्ट्रिय ऊर्जा निकाय छोड्ने चेतावनी
नेपालका कठिन सडक भएका मनाङ, ढोरपाटन र तीनजुरेमा स्कोडा कायलाकको सफल परीक्षण
प्यूठानी जनता यसपटक परिवर्तनको पक्षमा
यस्ताे छ आजकाे माैसम पूर्वानुमान
१६ महिनापछि बंगलादेशमा लोकतान्त्रिक सरकार, प्रधानमन्त्री रहमानको शपथ आज
पशुपतिमा आएका नागा बाबासहित साधुसन्तलाई बिदाइ गरिँदै
पासोमा परेर घाइते भएको चितुवा उपचारका क्रममा मर्यो, कर्मचारी घाइते
प्रतिक्रिया