जापानमा ‘शक्तिशाली भूकम्प’ को चेतावनी अन्त्य

काठमाडौँ । जापानले एक हप्ता देखि लागु गरेको शक्तिशाली भूकम्प (मेगाक्वेक) आउनसक्ने चेतावनी बिहीबार हटाएको छ । ‘मेगाक्वेक’ ले हुने मानविय तथा भौतिक क्षतिको खतराको जोखिम समाप्त भएसँगै सरकारले चेतावनी हटाई मानिसहरूलाई सामान्य अवस्थामा फर्कन आग्रह गरेको छ ।
करीव १२५ मिलियन मानिसहरूको बसोबास रहेको जापानमा शक्तिशाली भूकम्प र यसले विपत्ती आउन सक्ने भनि जारी सतर्कताले हजारौँ मानिसहरूलार्ई आवश्यक वस्तुहरू भण्डारण गर्न तथा विशेष व्यवस्था गर्न प्ररित गरेको थियो ।
हाल भूकम्पीय गतिविधि र प्रभावको कुनै शङ्कास्पद अवस्था देखा नपरेकाले भुकम्पीय चेतावनी साँझ पाँच बजेबाट लागु हुने गरी अन्त्य भएको विपद् व्यवस्थापन मन्त्री योसिफुमी मात्सुमुराले बताए ।
जापानको मौसम निकायले गत बिहीबार, ७।१ म्याग्निच्युडको भूकम्पीय झट्कापछि ठूलो भूकम्पको सम्भावना ‘सामान्य भन्दा बढी’ भएको जनाएको थियो ।
त्यो एक विशेष प्रकारको सम्भावित कम्पन थियो जसलाई ‘सबडक्सन मेगाथ्रस्ट’ भूकम्प भनिन्छ, जसले ठुलो सुनामी निम्त्याउन सक्छ । यो भूकम्पको सम्भावना प्रशान्त महासागर क्षेत्रमा रहेका दुई टेक्टोनिक प्लेटहरू बिचको ‘नानकाई थ्रोग’सँग सम्बन्धित छ । यो करीब ८०० किलोमिटर लामो सामुद्रिक च्यानल र जापानको प्रशान्त तटसँग समानान्तर रूपमा चल्छ ।
सन् १७०७ मा, नानकाई गर्तका सबै खण्डहरू एकैचोटि फुट्दा भूकम्प निम्त्याएको भूकम्प दोस्रो–शक्तिशाली रहेको थियो ।
उक्त भूकम्पले माउन्ट फुजीको अन्तिम विस्फोट पनि निम्त्याएको थियो ।
जापानी सरकारले यसअघि नै नानकाई गर्तमा ८।९ म्याग्निच्युडको भूकम्प आउन सक्ने सम्भावना रहेको बताएको थियो ।
विज्ञहरूले यस्तो खराब अवस्थामा तीनलाख जनजीवन गुम्न सक्ने अनुमान गरेका थिए भने केही ईन्जिनियरहरूले क्षति १३ ट्रिलियन सम्म पुग्न सक्ने जनाएका थिए ।
यद्यपि, विज्ञहरूले जोखिम अझै कम रहेको बताएका छन् भने कृषि तथा मत्स्यपालन मन्त्रालयले शनिबार मानिसहरूलाई अत्यधिक भण्डारण गरिएका सामानहरूबाट टाढा रहन आग्रह गरेको छ ।
सुपरमार्केटहरूले बोतलको पानी लगायत खरिदमा सिमितता कायम गरे पछि शौचालय र संरक्षित खानाजस्ता आपतकालीन वस्तुहरूको माग अनलाइनमा बढेकोे छ ।
भूकम्पको चेतावनीले प्रधानमन्त्री फुमियो किशिदाको गत हप्तामा हुने मध्य एसियाको चार दिने भ्रमण रद्द गर्नसमेत बाध्य पारेको थियो ।
केही बुलेट ट्रेनहरूले सावधानीका रूपमा आफ्नो गति घटाएका थिए भने आणविक संयन्त्रलाई अधिकारीहरूले प्रकोप तयारी जाँच गर्न निर्देशन दिएका थिए ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया