विपन्नलाई चिकित्साशास्त्र पढ्न नगरपालिकाद्वारा छात्रवृत्तिको व्यवस्था
मेरोन्यूज
२०८१ साउन ३२ गते ८:३६

नवलपरासी। पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाले अतिविपन्न परिवारका विद्यार्थीलाई चिकित्साशास्त्र अध्ययन गर्न छात्रवृत्तिको व्यवस्था गरेको छ । पालिकाले चालु आर्थिक वर्षदेखि त्यसलाई कार्यान्वयन पनि गरेको छ ।
नगरपालिकाले स्थापना गरेको ‘नगरप्रमुख छात्रवृत्ति कोष’मार्फत उपलब्ध गराइएको रकम नगरप्रमुख शम्भुलाल श्रेष्ठले बिहीबार प्रदान गरिएको जानकारी दिए ।
जेहन्दार दुई जनालाई प्रतिविद्यार्थी ५० हजारका प्रदान गरिएको हो । यस वर्ष एमबिबिएस अध्ययन गर्न दुईजनाले छात्रवृत्ति पाएका छन् ।
यसैबीच, नगरभित्र उच्च शिक्षा अध्ययन गर्ने २८ जना विपन्न विद्यार्थीलाई आठ हजार छात्रवृत्ति प्रदान गरेको छ।
आर्थिक अभावका कारण पढाइबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले उक्त रकम प्रदान गरिएको नगरप्रमुख श्रेष्ठले बताए।
सम्बन्धित











क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु
देवघाट प्लाष्टिक निषेधित क्षेत्र
वाग्द्वारको शुद्ध जलले पशुपतिनाथलाई स्नान गराउन सम्भाव्यता अध्ययन गरिँदै
राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना
किन फिर्ता बोलायो अमेरिकाले नेपालबाट राजदूतलाई ?
एमाले नेता ऐन महर धरौटीमा रिहा, श्रीमती पक्राउ
राष्ट्रपतिको पहलमा पहिलोपटक प्रधानमन्त्री कार्की, देउवा, ओली र प्रचण्डबीच छलफल हुँदै
महोत्तरी-४ बाट पनि प्रचण्डको नाम उम्मेदवार सिफारिस
रवि लामिछाने र बालेनबीच भेटवार्ता
प्रतिक्रिया