नगर अस्पतालकै कर्मचारीको औषधी पसल अवैध

मोरङ। मोरङको पथरी शनिश्चरे नगर अस्पतालका छैटौं तहका अधिकृत प्रेमलाल लिम्बु (प्रेम) ले आफ्नो घरमै अवैध रूपमा औषधी पसल सञ्चालन गरेको पाइएको छ । पथरी शनिश्चरे ७ स्थित बकैना डाँडामा रहेको उनको घरमा दुईवटा वेड राखेर अवैध व्यवसाय सञ्चालन गरेपछि अनुगमन टोलीले सिलबन्दी गरेको औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत अनिल परियारले जानकारी दिए ।
कार्यालयको समयमा लिम्बुको श्रीमतीले औषधी पसल हेर्ने गरेको पाइएको छ । जहाँ विरामीहरुको चेकजाँच पनि हुने अनुगमनका टोलीले जनाएको छ । अनुगमनका क्रममा सो औषधी पसलमा म्याद गुज्रिएको औषधी पनि फेला परेको थियो ।
यसरी सरकारी जागिर र निजी व्यवसायलाई एकैसाथ सञ्चालन गर्दै आएको यो गम्भीर नियम उल्लङ्घनको प्रकरणले स्थानीय स्वास्थ्य सेवामा प्रश्न उब्जीएकोछ । यस्ता कार्बाहीले स्थानीय स्वास्थ्य सेवाको गुणस्तर र नैतिकतामा जोड दिएको छ । नगरपालिकाले यस्ता अवैध गतिविधिहरू विरुद्ध कडा कदम चाल्ने र स्वास्थ्य सेवाको गुणस्तर सुनिश्चित गर्ने प्रतिबद्धता व्यक्त गरेको छ ।
लिम्बुकोसँगै अन्य तीन वटा अवैध औषधी पसल सिल गरिएको छ । बुधबार पथरी शनिश्चरे नगरपालिका, इलाका प्रहरी कार्यालय पथरी र औषधी व्यवस्था विभाग विराटनगरको संयुक्त टोलीले यस्ता पसलहरू सिलबन्दी गरेको हो ।
अनुगमनमा पथरी शनिश्चरे ९ को पुलचौकमा रहेको कुवेर भण्डारीको औषधी पसल, वडा नं. ६ को भातेगौँडा र वडा नं. ४ को सम्झना चौकमा रहेका हेमराज चन्द्रवंशीद्वारा सञ्चालित दुई औषधी पसलहरू पनि सिल गरिएको अनुगमन टोलीका संयोजक नगर उपप्रमुख देवीमाया काफ्लेले बताए ।
औषधी व्यवस्था विभाग विराटनगरका फार्मेसी अधिकृत परियारले पसलहरूसँग आवश्यक दर्ता प्रमाण–पत्र नभएको र म्याद सकिएका औषधिहरू बिक्री गरिरहेको पाइएकोले कार्बाही गरिएको बताए ।
नगर उपप्रमुख देविमाया काफ्लेको संयोजकत्वमा गरिएको अनुगमनमा इलाका प्रहरी कार्यालय पथरीका डिएसपी मोहन विक्रम दाहाल, नगरका स्वास्थ्य शाखाका सिअहेव एकराज खत्री, जनप्रतिनिधिहरू, सञ्चारकर्मीहरू र नगर प्रहरीको उपस्थिति रहेको थियो ।
















अमेरिकाले वास्तविकतामा युद्ध हारिरहेछ – इरान
पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको १६औँ स्मृति दिवस मनाइँदै
कस्ताे रहला आज देशभरकाे माैसम ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
खोटाङमा एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटना
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
रास्वपाको अभिमुखीकरणमा बालेन नजाने
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया