सरकार जनताको अवस्था परिवर्तनको निम्ति गठन भएको हो : उपप्रधानमन्त्री सिंह

काठमाडौँ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले जनताको अवस्था परिवर्तनको निम्ति वर्तमान सरकार गठन भएको बताएका छन्।
कान्तिपुर सिटी कलेजले आज यहाँ आयोजना गरेको शैक्षिक प्रदर्शनीको उद्घाटन गर्दै उनले मुलुकमा व्यवस्था परिवर्तन भए पनि जनताको अवस्थामा परिवर्तन आउन नसकेको उल्लेख गरे।
उपप्रधानमन्त्री सिंहले जनताको अवस्थामा आमूल परिवर्तन गर्नका लागि सबैभन्दा ठूलो दल नेपाली काँग्रेस र दोस्रो ठूलो दल नेकपा एमाले मिलेर संयुक्त सरकार गठन गरिएको बताए । उनले देशको बारेमा नकारात्मक टिप्पणी मात्रै गर्नेभन्दा पनि प्राप्त उपलब्धिलाई संस्थागत गर्दै समृद्ध नेपालको निम्ति लाग्न सबैमा अनुरोध गरे।
“देशमा केही पनि भएन वा सम्भावना केही पनि छैन भन्ने होइन, मुख्य कुरा व्यवस्था नै परिवर्तन भएको छ, संविधानमा सबैको हक अधिकार सुनिश्चित भएको छ, अब देशको आर्थिक विकासलाई अगाडि बढाउँदै जनताको अवस्था परिवर्तन गर्नुपर्छ”, उपप्रधानमन्त्री सिंहले भने । देशभित्रै रहेको स्रोत/साधन प्रयोग गरेर रोजगारी सिर्जना गरी विदेश पलायन भएका युवालाई स्वदेश मै रोजगारको अवसर सिर्जना गर्ने सरकारको मुख्य लक्ष्य रहेको उनको भनाइ थियो ।
नेपाली शैक्षिक प्रणालीलाई रोजगार तथा सिपमूलक र उत्पादनमुखी बनाउनु पर्नेमा जोड दिँदै उपप्रधानमन्त्री सिंहले समग्र शिक्षा प्रणालीलाई उत्कृष्ट बनाउनका लागि ऐन/कानुन तथा नीति परिवर्तन गर्नु परेको खण्डमा सरकार तयार रहेको बताए।
कार्यक्रममा पूर्व मन्त्री गणेश शाहले नेपालको शिक्षामा गुणस्तर वृद्धि गर्नका लागि पुरानै शैली वा परम्पराभन्दा पनि अध्यापन शैली नै परिवर्तन गर्नु पर्नेमा जोड दिए।

















President Paudel attends Democracy Day celebration main function
PM Karki addresses Democracy Day function; says HoR elections to open door to new era
‘बागमती प्रादेशिक ललितकला प्रदर्शनी’को तयारी पूरा
मतदाता शिक्षा कार्यक्रममा स्थानीय तहले यसरी गर्दैछन् समन्वय
सामाजिक सञ्जाल हेरेर हाेइन, विवेक प्रयोग गरेर भोट दिनुस् : लिङ्देन
खुल्यो तुम्लिङटार विमानस्थल
सब इन्जिनियर हत्या घटनाः सर्लाही जिल्ला अदालतको सेवा अवरुद्ध
रवि लामिछानेको सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दा तत्काल फिर्ता नहुने
अमेरिकी सैन्य परेडविरुद्ध नेकपा (माओवादी)को आपत्ति
प्रतिक्रिया