कान्ताराका लागि ऋषभ शेट्टीले पाए उत्कृष्ट अभिनेताको नेशनल अवार्ड

काठमाडौँ । भारत सरकारले सन् २०२२ का लागि ७०औं राष्ट्रिय चलचित्र पुरस्कार घोषणा गरेको छ । ७०औं राष्ट्रिय चलचित्र अवार्डमा उत्कृष्ट अभिनेत्रीको अवार्ड दुई अभिनेत्रीलाई संयुक्त रुपमा प्रदान गरिएको छ ।
नित्या मेननलाई तमिल फिल्म तिरुचित्रम्बलमका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड दिइएको छ । यो फिल्म सन् २०२२ मा रिलिज भएको थियो । यस फिल्ममा उनीसँगै अभिनेता धनुष देखिएका थिए ।
मानसी पारेखलाई गुजराती फिल्म काक्ष एक्सप्रेसका लागि उत्कृष्ट अभिनेत्रीको अवार्ड पनि दिइएको छ । कन्नड अभिनेता ऋषभ शेट्टीलाई उनको फिल्म कान्ताराका लागि उत्कृष्ट अभिनेताको अवार्ड दिइएको छ । कार्तिकेय–२ फिल्मले वर्षको उत्कृष्ट तेलुगु फिल्मको अवार्ड पाएको छ ।
पोन्नियिन सेल्भान पार्ट-१ ले वर्षको उत्कृष्ट तमिल फिल्मको अवार्ड पाएको छ ।
केजीएफ च्याप्टर-२ ले वर्षको उत्कृष्ट कन्नड फिल्मको अवार्ड पाएको छ । मनोज बाजपेयी र शर्मिला टगरको फिल्म गुलमोहरले वर्षको उत्कृष्ट हिन्दी फिल्मको अवार्ड पाएको छ । चलचित्र ब्रह्मास्त्र भाग १ का गीतका लागि संगीतकार प्रीतमले उत्कृष्ट संगीत निर्देशक (गीतका लागि) अवार्ड पाएका छन् ।
एआर रहमानलाई तमिल फिल्म पोन्नियिन सेल्भान पार्ट–१ को पृष्ठभूमि संगीतका लागि उत्कृष्ट संगीत निर्देशकको अवार्ड दिइएको छ ।
फिल्म ब्रह्मास्त्र पार्ट १ मा गाएको केसरिया गीतका लागि अरिजित सिंहले सर्वोत्कृष्ट पुरुष गायकको अवार्ड पाएका छन् । निर्देशक सुरज बडजात्याले फिल्म उचाईका लागि उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् । मलयालम फिल्म अत्तमले उत्कृष्ट फिल्मको अवार्ड पाएको छ ।
















यार्सा सिजन सुरु भएसँगै अपी हिमालका विद्यालय आइतबारदेखि १५ दिन बन्द
अमेरिकी र इरानी सेनाबीच हर्मुजमा तनाव बढ्यो, युद्धविराम कायम रहेको ट्रम्पको दावी
उपराष्ट्रपति यादव स्वागत समारोहमा
सहकारी क्षेत्रमा देखिएका समस्या समाधान गर्न नयाँ ऐन ल्याइँदै
बाढीपहिरोका कारण अवरुद्ध यी पाँच वटा राजमार्ग सञ्चालन
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया