बिहीबार, वैशाख २४, २०८३

प्रधानमन्त्री ओलीद्वारा ‘ग्लोबल साउथ समिट’ लाई सम्बोधन

मेरोन्यूज २०८१ भदौ १ गते १३:५०

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारत सरकारद्वारा आयोजित तेस्रो शृङ्खलाको ‘ग्लोबल साउथ समिट’ को उद्घाटन सत्रलाई आज भर्चुअलरुपमा सम्बोधन गरेका छन् ।

Advertisement
NiccNicc

यस क्षेत्रका करिब १५ राष्ट्रप्रमुख तथा सरकार प्रमुखबाट सम्बोधन भएको सम्मेलनबारे प्रधानमन्त्री ओलीले ट्वीट गर्दै यस महत्वपूर्ण प्रयासलाई सुरु गरेर जारी राखेकामा भारतका प्रधानमन्त्री नरेन्द्र मोदीलाई बधाई दिएका छन् । ‘हामीले साझा प्रयासबाट हाम्रो भविष्यको बाटो कोर्न सक्छौँ, जसले सबैलाई लाभ दिनेछ ।’, प्रधानमन्त्री ओलीले भनेका छन् ।
 

प्रतिक्रिया