बलात्कार प्रकरण : मेडिकल कलेज तथा अस्पतालमा चिकित्सकको प्रदर्शन जारी

भारतको पश्चिम बङ्गालराज्यको कलकत्तामा गत अगष्ट ९ तारिखमा महिला सहकर्मीको हत्या र कथित यौन दुव्र्यवहारको विरोधमा विद्यार्थी र जुनियर चिकित्सकहरूले ‘आरजी कर मेडिकल कलेज एण्ड हस्पिटल’मा प्रदर्शन जारी राखेका छन् ।
चिकित्सकको यो आन्दोलनको प्रभाब देशका अन्य स्थानहरूमा पनि परेको छ । चिकित्सकहरूले तेलङ्गाना, तमिलनाडु, उत्तर प्रदेश र मुम्बईलगायतका देशका धेरै शहरहरूमा विरोध प्रदर्शन गरेका छन् । कलकत्ता उच्च न्यायालयको आदेशपछि यो मुद्दा राज्य प्रहरीबाट केन्द्रीय अनुसन्धान ब्यूरोमा स्थानान्तरण गरिएको छ ।
कलकत्ताको आरजी कर मेडिकल कलेजमा ड्युटीमा रहेका बेला एक स्नातकोत्तर प्रशिक्षार्थी चिकित्सकको बलात्कारपछि हत्या गरिएको विरोधमा विद्यार्थी तथा चिकित्सक आन्दोलित बनेका छन् भने चिकित्सा समुदायद्वारा देशव्यापी हडताल र विरोध प्रदर्शन गरिरहेका छन् ।
अगष्ट १४ मा आरजी कर मेडिकल कलेजमा रहेको अस्पताल परिसरमा प्रदर्शन गर्न जम्मा भएको भीडले तोडफोड गरेको थियो भने अस्पतालको सुरक्षालाई मध्यनजर गर्दै सुरक्षाकर्मी हवाइ फाएर र अश्रु ग्याससमेत प्रयोग गरी भीडलाई तितरबितर पारेका थिए।
कानून र व्यवस्था कायम राख्न, कलकत्ता प्रहरीले आरजी कार मेडिकल कलेज र अस्पतालको वरिपरि अगस्ट १८ देखि कार्यान्वयन हुनेगरी संविधानको धारा १६३ लागू गरेको छ ।
जारी विरोध प्रदर्शनबीच कलकत्ता प्रहरीले मेडिकल कलेज र अस्पतालको वरिपरि सात दिनको लागि भारतीय नागरिक सुरक्षा संहिता (सन् २०२३ पहिले सीआरपीसीको धारा १४४) को धारा १६३ लागू गरिएको जनाएको छ ।














यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
राष्ट्रपति पौडेल बागलुङमा
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
इरान प्रदर्शन : मृतककाे सङ्ख्या ६४६ पुग्यो
प्रतिक्रिया