शनिबार, चैत ७, २०८२

सिटिजन्स बैंकको ‘पार्टनर फर प्रोग्रेस’ प्रतियोगिताका विजयीलाई नगद पुरस्कार वितरण

मेरोन्यूज २०८१ भदौ २ गते १७:०७

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले पार्टनर फर प्रोग्रेस प्रतियोगिताको विजेता घोषणा गरेको छ। प्रतियोगितामा निकिता गुरुङ उत्कृष्ट भएको बैंकले जानकारी दिएको छ। बैंकले आफ्ना ग्राहकहरुसँगको संलग्नतालाई बढाउन गत जेठ र असार महिनामा ‘पार्टनर फर प्रोग्रेस/हजुरको प्रगतिको सहयात्री’ शीर्षकको भिडियो प्रतियोगिताका विजेताहरुलाई पुरस्कृत गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतियोगिता सम्पन्न भएसँगै छानिएका उत्कृष्ट तीन विजेतालाई बैंकका प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेलले बैंकमा आइतबार आयोजित एक समारोहबीच सम्मानस्वरुप चेक हस्तान्तरण गरेका छन्।

जसअनुसार  गुरुङले नगद ५० हजार रुपैयाँ पुरस्कार पाउँदा द्वितीय हुने बबिता दुलाल बस्ताकोटीले ३० हजार रुपैयाँ र तृतीय हुने कृशल श्रेष्ठले २० हजार रुपैयाँ पाएका छन्।

१८ वर्षदेखि अनवरत रुपमा सर्वसाधारणलाई गुणस्तरीय एवं सुरक्षित बैंकिङ सेवा, सुविधा प्रदान गर्दै आएको यस बैंकले व्यक्तिगत वा व्यावसायिक रूपमा प्रगतिमा साथ दिने र जीवनमा सकारात्मक परिवर्तन ल्याउन योगदान पुर्‍याउने व्यक्ति वा संघसंस्थालाई सबैमाझ चिनाउने र सम्मान गर्ने उद्देश्यले यो प्रतियोगिता आयोजना गरेको थियो ।

जीवनमा सफलता प्राप्ति गर्न र आफूले चाहेको लक्ष्य हासिल गर्न आफ्नो परिवारका सदस्यहरु जस्तै श्रीमतिको लागी श्रीमान र बच्चाहरु, बहिनीको लागी दाजु र छोराको लागि बुवाको भूमिका निकै महत्वपूर्ण हुने कुरा भिडियो निर्माताहरुले दर्शाएका छन् ।

प्रतिक्रिया