कमला ह्यारिसलाई हराउन सजिलो छ : ट्रम्प

काठमाडौँ । अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले कमला ह्यारिसलाई हराउन बाइडेनभन्दा सजिलो भएको टिप्पणी गरेका छन् । ट्रम्पले कमला ह्यारिसलाई कट्टरपन्थी भन्दै खिल्ली उडाएका छन् ।
अमेरिकामा यसै वर्ष नोभेम्बर ५ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । यस चुनावमा रिपब्लिकन पार्टीका डोनाल्ड ट्रम्प र डेमोक्रेटिक पार्टीकी कमला ह्यारिसबीच प्रत्यक्ष प्रतिस्पर्धा छ ।
डेमोक्रेटिक पार्टीको राष्ट्रिय महाधिवेशन पनि सोमबारदेखि सिकागोमा सुरु हुँदैछ । यस महाधिवेशनमा कमला ह्यारिस औपचारिक रूपमा पार्टीको राष्ट्रपतिको उम्मेदवारमा निर्वाचित हुनेछन्।
ट्रम्पले आफु कमलाभन्दा सुन्दर रहेको बताउँदै टाइम म्यागजिनमा प्रकाशित कमला ह्यारिसको स्केचलाई लिएर अभिव्यक्ति दिएका छन् । म्यागजिनले कमला ह्यारिसका धेरै तस्बिर खिचे तर काम नभएकाले स्केच बनाउनुपरेको ट्रम्पले बताए ।
डोनाल्ड ट्रम्पले उपराष्ट्रपति कमला ह्यारिसको र्यालीमा ठूलो भीड नभएको दाबी गर्दै र्यालीमा बढी भीड देखाउन एआई प्रयोग गरिएको दाबि गरेका थिए ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ट्रुथमा ह्यारिसलाई नक्कली भीड देखाएको कारणले २०२४ को चुनावका लागि अयोग्य घोषित गर्नुपर्ने लेखेका छन् । उनले नक्कली छवि बनाउनु गलत भएको बताए ।
अर्कोतर्फ अमेरिकी अर्थतन्त्रको सन्दर्भमा ट्रम्पभन्दा कमला ह्यारिसमाथि धेरै मानिसको विश्वास छ । फाइनान्सियल टाइम्स र युनिभर्सिटी अफ मिशिगनले गरेको सर्वेक्षणले ४२ प्रतिशत मतदाताले ह्यारिसलाई आर्थिक मामिलामा विश्वास गरेको पाइएको छ, जबकी ट्रम्पलाई ४१ प्रतिशतले विश्वास गरेका छन् ।
अचम्मको कुरा के छ भने जुलाईमा पनि ट्रम्प ४१ प्रतिशतमा थिए भने बाइडेन ३५ प्रतिशतमा थिए ।














पर्सामा निर्वाचन प्रहरीका लागि मागभन्दा दोब्बर बढीको आवेदन
प्रतिनिधिसभा निर्वाचनः आज निर्वाचन अधिकृतको कार्यालय स्थापना हुँदै
विशेष महाधिवेशनको पक्षमा हस्ताक्षर गरेकामध्ये ८८५ जनाले फिर्ता लिएको देउवा पक्षको दाबी
कांग्रेस देउवा पक्षले आधिकारिकता दाबी गर्दै आयोगमा बुझायो प्रमाण
सुनचाँदीको मूल्य वृद्धि, आज कतिमा हुँदैछ काराेबार ?
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया