रौतहटमा ट्राफिक सक्रियता, नियम उलङघन गर्ने ११ सवारी कारबाहीमा

रौतहट । रौतहट स्थित ट्राफिक प्रहरीको सक्रियतामा १ महिना भित्र ११ सय सवारी धनी लाई कार्वाही गरी ९ लाख भन्दा रुपैयाँ राजश्व संकलन गरेको छ।
गत साउन मसान्त भित्र जिल्लाभरीमा नियम बिपरित चलेका ११ सय ५ सवारी धनी लाई कार्वाही गरी कुल ९ लाख,२५ हजार ५०० रुपैयाँ राजश्व संकलन गरिएको जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर सुशील आचार्यले बताएका छन्।
कार्वाहीमा पर्ने सवारी साधन मध्ये सबभन्दा बढी ट्रकको संख्या ३३८ रहेको छ। ट्राफिक प्रहरीले उपलब्ध गरिएको तथ्याङकमा कार्वाहीमा पर्ने सवारी साधनमा दोस्रो स्थानमा २६१ मोटरसाईकल रहेको छ। त्यसैगरी १७३ कार, जिप, टेम्पो,८६ बस र ५९ ट्याक्टर रहेको छ।
जिल्ला ट्राफिक प्रहरी प्रमुख इन्स्पेक्टर आचार्यका अनुसार मापसे ६ ओभरालोड रहेको ३३१ ट्रक, हेलमेट सीट बेल्ट नलगाएको ९२, कागजपत्र नबोकेको २९७, सवारी चालक अनुमतिपत्र नभएको ६२, बती बिग्रिएको ७४, तिव्रगतिको ७ , र उद्देश्य बितरित लगेज बोकेको ४० गरी कुल ११ सय ५ सवारी धनीलाई कार्वाहीको दायरामा ल्याईएको छ।
जिल्लामा सवारी दुर्घटना न्यूनीकरण गर्न पूर्व पश्चिम राजमार्ग संग जोडिएको रौतहटको चन्द्रपुर, बागमती, डुमरिया , गौर, गरुडा, बमनहर, मौलापुर, लगायत ग्रामीण भेगसम्म ट्राफिक प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

















अक्षय तृतीयाः डोलेश्वरमा दर्शनार्थीको घुइचो
गोरखामा चट्याङ लागेर युवकको मृत्यु
सरकारी कर्मचारीले पाक्षिक रुपमा तलबभत्ता पाउने
लुम्बिनी प्रदेशसभाको बैठक बस्दै
नेपाल धितोपत्र बोर्डको अध्यक्ष श्रेष्ठले दिए राजीनामा
अवहेलना मुद्दामा प्रधानमन्त्री बालेनलाई वारेस राख्न अनुमति
विद्यालय शिक्षा ऐन छिटो ल्याउन मन्त्री पोखरेललाई आग्रह
मौसम पूर्वानुमान : आज यी ६ प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सुदूरपश्चिमलाई हराउँदै आर्मीले चुम्यो प्रधानमन्त्री कपको उपाधि
प्रतिक्रिया