आइतबार तेल अभिभमा भएको विस्फोट ‘आतङ्ककारी हमला’

काठमाडौँ । इजरायली प्रहरीले तेल अभिभमा अघिल्लो रात भएको ‘शक्तिशाली’ विस्फोट ‘आतङ्ककारी हमला’ भएको र त्यसमा एक जना घाइते भएको र थप सतर्कता अपनाइएको बताएको छ ।
“यो एउटा शक्तिशाली विष्फोटक पदार्थको विष्फोट गराई भएको ‘आतङ्कवादी हमला’ थियो,” बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आइतबार अधिकारीहरूले तेल अभिभको व्यापारिक केन्द्रमा भएको विस्फोटमा एक व्यक्तिको मृत्यु भएको बताएका थिए ।
“विस्फोटका कारण एक जना पैदल यात्री सामान्य घाइते भएका छन्”, प्रहरीले भनेको छ, “अधिकारीहरूले सावधानीकोस्तर बढाउन र तेल अभिभ क्षेत्रमा व्यापक खानतलासी गर्न’ आदेश दिएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा १० महिनाभन्दा लामो युद्धपछि युद्धविरामका लागि दबाब दिन तेल अभिभ पुगेको केही समयपछि आइतबार राति उक्त विस्फोट भएको हो ।
इजरायल–हमास युद्ध सुरु भएयता नवौं क्षेत्रीय भ्रमणमा रहेका ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र इजरायलका अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् ।
















इन्डोनेसियामा ज्वालामुखी विस्फोट, २० जना पर्वतारोही बेपत्ता
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णय
अमेरिकाले नेपाल ‘ए’लाई दियाे २६३ रनको लक्ष्य
एमाले राष्ट्रिय सभा सचेतकमा रोशनी मेचे चयन
अनुमतिविना यार्सागुम्बा सङ्कलन गर्न गएका २५ जना नियन्त्रणमा
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया