आइतबार तेल अभिभमा भएको विस्फोट ‘आतङ्ककारी हमला’

काठमाडौँ । इजरायली प्रहरीले तेल अभिभमा अघिल्लो रात भएको ‘शक्तिशाली’ विस्फोट ‘आतङ्ककारी हमला’ भएको र त्यसमा एक जना घाइते भएको र थप सतर्कता अपनाइएको बताएको छ ।
“यो एउटा शक्तिशाली विष्फोटक पदार्थको विष्फोट गराई भएको ‘आतङ्कवादी हमला’ थियो,” बलले जारी गरेको विज्ञप्तिमा भनिएको छ।
आइतबार अधिकारीहरूले तेल अभिभको व्यापारिक केन्द्रमा भएको विस्फोटमा एक व्यक्तिको मृत्यु भएको बताएका थिए ।
“विस्फोटका कारण एक जना पैदल यात्री सामान्य घाइते भएका छन्”, प्रहरीले भनेको छ, “अधिकारीहरूले सावधानीकोस्तर बढाउन र तेल अभिभ क्षेत्रमा व्यापक खानतलासी गर्न’ आदेश दिएका छन् ।
अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिन्केन गाजामा १० महिनाभन्दा लामो युद्धपछि युद्धविरामका लागि दबाब दिन तेल अभिभ पुगेको केही समयपछि आइतबार राति उक्त विस्फोट भएको हो ।
इजरायल–हमास युद्ध सुरु भएयता नवौं क्षेत्रीय भ्रमणमा रहेका ब्लिन्केनले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहू र इजरायलका अन्य उच्च अधिकारीसँग भेटवार्ता गरेका छन् ।














निर्वाचन आयोग पुग्यो सभापति गगन थापाको टोली
यस्ता छन् गगन थापा नेतृत्वको कांग्रेस केन्द्रीय समिति बैठकका निर्णय
पर्यटकीय गन्तव्य बन्दै रसुवा, ६ महिनामा ३२ हजार बढीले गरे भ्रमण
ठगी अभियोगमा पाँच जना पक्राउ
नेपालमा कन्टेन्ट खोज्ने प्रमुख प्लेटफर्मको रूपमा लोकप्रिय बन्दै टिकटक
कांग्रेसले बोलायो केन्द्रीय कार्यसमिति बैठक
जसपा उपाध्यक्ष शिवलालको समूह र लिम्बुवान क्रान्तिकारी पार्टी नेकपामा समाहित
कांग्रेस विशेष महाधिवेशन र संस्थापन पक्षबीच बालुवाटारमा वार्ता जारी
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
प्रतिक्रिया