एलन मस्कलाई सल्लाहकार बनाउन तयार छु : ट्रम्प
मेरोन्यूज
२०८१ भदौ ४ गते १५:१०

काठमाडौँ । अमेरिकी पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पले आफु राष्ट्रपतिमा विजयी भएमा टेस्लाका मालिक एलन मस्कलाई सल्लाहकार वा मन्त्री बनाउन आफू तयार रहेको बताएका छन् ।
समाचार एजेन्सी रोयटर्ससँगको कुराकानीका क्रममा ट्रम्पले मस्कलाई सल्लाहकार वा मन्त्रिपरिषद्को स्थान दिने बताएका हुन् । ट्रम्पले मस्क निकै बुद्धिमान व्यक्ति भएको बताउँदै उनले चाहेमा उनलाई सल्लहाकार वा मन्त्री बनाउने बताएका छन् ।
ट्रम्पको भनाईपछि मस्कले एक्समा आफु सरकारको ‘डिपार्टमेन्ट अफ गभर्नमेन्ट इफिसेन्सी’ मा काम गर्न इच्छुक रहेको जवाफ दिएका छन् ।
टेस्ला र एक्सका मालिक मस्कले हालै ट्रम्पसँग एक अन्तर्वार्ता गरेका थिए । एक्सको स्पेसमा प्रशारण भएको सो अन्तर्वार्ता निकै चर्चित समेत बनेको थियो ।
सम्बन्धित














काठमाडौँबाट चुनावी अभियान सुरु गर्दै एमाले
गोलभेँडाले उचित मूल्यपाएपछि सर्लाहीका किसान उत्साहित
देवघाटमा लिङ्गो ठड्याएर माघेसङ्क्रान्ति मेला सुरु
प्रधानन्यायाधीश राउत अस्पताल भर्ना
NC Special General Convention: Election for new leadership today
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
नेपोबेबीको राज देखेर जनता रिसाएकै हुन् – गगन थापा
प्रतिक्रिया