रेड्मी नोट १३ प्रो खरिदमा विशेष अफर

काठमाडाैं। पछिल्लो समयमा स्टाइल र पर्फर्मेन्सको सन्तुलन भएको स्मार्टफोन भेट्टाउनु चुनौतीपूर्ण छ। बजारमा धेरै स्मार्टफोनहरू उपलब्ध छन् तर प्रयोगकर्ताहरूले कि त स्टाइलिस, कि त राम्रो पर्फर्मेन्स भएको स्मार्टफोन छनोट गर्नुपर्छ। यदि एउटै स्मार्टफोनमा शानदार डिजाइन र शक्तिशाली पर्फर्मेन्स दुवै प्राप्त गरे ग्राहकवर्गको रोजाईमा कस्तो प्रभाव पार्ला ? प्रस्तुत छ रेड्मी नोट १३ प्रो, एउटा यस्तो स्मार्टफोन जसमा डिजाइन र पर्फर्मेन्सको उत्कृष्ट संयोजन पाउन सकिन्छ।
रेड्मी नोट १३ प्रो को विस्तृत जानकारी लिनु अघि यसका प्रमुख विशेषताहरूलाई हाइलाइट गर्नु महत्त्वपूर्ण रहन्छ। यसमा ६.६७ इन्चको एमोलेड डिस्प्ले, सहज मल्टिटास्किङ्गका लागि मिडिया टेक हेलियोजि ९९ अल्ट्रा प्रोसेसर र सुन्दर फोटोहरूको लागि बहुमुखी २०० मेगापिक्सेल क्यामेरा समावेश रहेको छ। साथै यसमा आइपि ५४ डस्ट र स्प्ल्याश रेजिस्टेन्स उपलब्ध गराइएको छ भने यसमा ग्लास चाँहि कोर्निङ गोरिला ग्लास ५ रहेको छ।
स्टाइलिश र शानदार एमोलेड डिस्प्ले
रेड्मी नोट १३ प्रो मा ७.९८ मिलीमिटरकोमोटाई र १८८ ग्राम तौल रहेकोछ जसले गर्दा यो स्मार्टफोन समात्न र प्रयोग गर्न निकै सहज बनाउँछ। साथै ६.६७ इन्चको एमोलेड डिस्प्ले, २४०० ८ १८०० पिक्सेलको रिजोल्युसन, र १२० हर्जको सुमधुर रिफ्रेश रेटको साथ प्रयोगकर्ताले शानदार डिस्प्लेअनुभव प्राप्त गर्न सक्नेछन्। साथमा आइपी ५४ ले धूलो र पानीबाट पनि स्मार्टफोनलाई सुरक्षा दिन्छ।
शक्तिशाली प्रदर्शन
रेड्मी नोट १३ प्रो मिडिया टेक हेलियो जी ९९ अल्ट्रा प्रोसेसरद्वारा सञ्चालित रहेको छ। एन्ड्रोइड १४ मा आधारित शाओमी हाइपर ओएसमा चल्ने यो स्मार्टफोनले प्रयोगकर्तालाई सहज अनुभव र अन्य विविध विशेषताहरू प्रदान गर्दछ। स्टोरेजको कुरा गर्नुपर्दा यो फोन ८ जिबी+२५६ जिबी वा १२ जिबी +५१२ जिबी स्टोरेज भेरिएन्टमा उपलब्ध छ जसले अत्याधिक फोटो, भिडियोर अन्य फाइलहरू भण्डारण गर्न प्रशस्त ठाउँ दिन्छ।
२०० मेगापिक्सेलको क्यामेरा
रेड्मी नोट १३ प्रो ले फोटोग्राफीलाई नयाँ उचाइमा पु¥याउन मद्दत गर्नेछ। अप्टिकल इमेज स्टेबलाइजेसन पनि समावेश रहेको २०० मेगापिक्सेलकोमुख्य क्यामेराले प्रत्येक विवरणलाई उत्कृष्ट स्पष्टतासँग कैद गर्दछ। साथै ८ मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामेराको साथ विस्तृत शट र २ मेगापिक्सेलकोम्याक्रो क्यामेराको साथ डिटेल्स पनि यो स्मार्टफोनले कैद गर्न सक्छ। १६ मेगापिक्सेलकोफ्रन्ट क्यामेराले प्रयोगकर्ताको सेल्फीलाई सधैं उत्कृष्ट बनाउँदछ।
दीर्घकालीन ब्याट्री लाइफ र फास्ट चार्जिङ
रेड्मी नोट १३ प्रो को एक प्रमुख विशेषता भनेको यसको प्रभावशाली ५,००० एमएएचको ब्याट्री हो जसले यसको दिनभरको प्रयोग सुनिश्चित गर्दछ। चार्ज सकिएपछि भने ६७ वाटको टर्बो फास्ट चार्जरले प्रयोगकर्तालाई छिट्टै चार्ज गर्न मद्दत पु¥याउँछ। डल्बी एटमस सहितको डुअल स्पिकर र इन–डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर जस्ता अतिरिक्त सुविधाहरूले रेड्मी नोट १३ प्रोलाई पूर्ण प्याकेज बनाउँदछ।
रेड्मी नोट १३ प्रो स्टाइल र पर्फर्मेन्सकोउत्तम सन्तुलन हो जुन स्मार्टफोन चाहने जोकोहीको लागि एउटा सबैभन्दा उत्कृष्ट विकल्प बन्न सफल भएको छ ।
मूल्य तथा अफरहरुः
रेड्मी नोट १३ प्रो, मिडनाइट ब्ल्याक, फरेस्ट ग्रीन, र ल्याभेन्डर पर्पलमा उपलब्ध छ। पहिले ३४,९९९ पर्ने रेडमी नोट १३ प्रो ८ जीबी + २५६ जीबी भेरियन्ट ३२,९९९ को विशेष अफरमा उपलब्ध छ भने ३९,९९९ पर्ने १२ जीबी + ५१२ जीबी भेरियन्ट ३५,९९९ को विशेष अफरमा उपलब्ध छ।
















इरान तनावबीच संयुक्त राज्य अमेरिका लाई बेलायतको सैन्य सहयोग
वाग्मती सफाइः तीन मेट्रिकटन फोहर व्यवस्थापन
जनताद्वारा अभिव्यक्त राष्ट्र निर्माणको दायित्व पूरा गर्न राष्ट्रपतिको आह्वान
अन्तरराष्ट्रिय जातीय विभेद उन्मूलन दिवस : छुवाछूत ऐन छ, कार्यान्वयन छैन
ग्यास पूर्वाधारमा इजरायलले आक्रमण गरेपछि इरानकाे पक्षमा उत्रियाे कतार
साउदी, कतार र युएईका पाँच क्षेत्र खाली गर्न इरानकाे उर्दी
चैत ५ गते बिहीबार को राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
इरानको आणविक भट्टीमा भएको आक्रमण अस्वीकार्य’ : रुस
प्रधानसेनापति सिग्देलले पूर्वप्रधान सेनापतिहरूसँग गरे छलफल
प्रतिक्रिया