कटुवा पेस्तोलसहित एक जना पक्राउ
मेरोन्यूज
२०८१ भदौ ५ गते २०:४४

झापा । अर्जुनधारा नगरपालिका-४ दहिझोडा बस्ने ६२ वर्षीय ईन्द्र बहादुर आङ्देम्बेलाई १ थान अवैध कटुवा पेस्तोल सहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
उनको घरमा अवैध हात हतियार लुकाई राखेको भन्ने सूचनाको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले घर तलासी गर्ने क्रममा कुखुराको खोरमा प्लास्टिकमा पोका पारी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ ।
सम्बन्धित

















गोरखाका सामुदायिक विद्यालयहरु भोलिबाट खुल्ने
बीपी राजमार्ग आज बिहानदेखि अवरुद्ध
कांग्रेस नेता पूर्णबहादुर खड्काले बोलाए केन्द्रीय सदस्यहरूको बैठक
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
हर्क साम्पाङको फेसबुक आइडी सस्पेन्ड
रास्वपाकाे मुख्य सचेतकमा कविन्द्र बुर्लाकोटी, सचेतकमा प्रकाशचन्द्र र क्रान्तिशिखा
शुल्क फिर्ता निर्देशनपछि निजी विद्यालयमाथि अभिभावकको दबाब
प्रतिक्रिया