साफ यू-२० च्याम्पियनसिप : आज नेपाल र बंगलादेश भिड्दै
मेरोन्यूज
२०८१ भदौ ६ गते ८:१२

काठमाडौँ । काठमाडौँमा जारी साफ यू-२० च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत समूह ए को अन्तिम खेलमा आज घरेलु टोली नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा हुने भएको छ ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा आज दिउँसो ३ बजेदेखि खेल सुरु हुनेछ। नेपालले आजको खेल जितेको खण्डमा समूह विजेता बनेर सेमिफाइनल प्रवेश गर्नेछ।
उद्घाटन खेलमा नेपालले आइतबार श्रीलंकालाई १-० गोलले पराजित गरेको थियो। श्रीलंकालाई हराउँदै नेपालले सेमिफाइनल स्थान सुरक्षित गरेको थियो।
बंगलादेशले पनि श्रीलंकालाई पराजित गरेर यसअघि नै सेमिफाइनलमा स्थान सुरक्षित गरेको थियो। समूह ‘बी’मा भारत, माल्दिभ्स र भुटान छन्।
सम्बन्धित











Corruption Movements to National Politics: Nepal’s New Alliance Explained
नवौँ एनभिए भलिबल च्याम्पियनसिप अन्तर्गतरुकुम पश्चिम सेमिफाइनलमा
६४ दलले बुझाए समानुपातिकको बन्द सूची
शून्यदेखि सगरमाथाले पायो बेस्ट एसियन फिल्म अवार्ड
कांग्रेसले बुझायो समानुपातिक उम्मेदवारकाे सूची
ग्यास बोकेको ट्याङ्कर दुर्घटना हुँदा पूर्वपश्चिम महेन्द्र राजमार्ग अवरुद्ध
प्रतिक्रिया